Close

Recent Posts

अमेरिकाको ४७‍ औं राष्ट्रपतिमा पदमा ट्रम्प विजयी, उनकाे समर्थकलाई सम्बोधन

अमेरिकाको ४७‍ औं राष्ट्रपतिमा पदमा ट्रम्प विजयी, उनकाे समर्थकलाई सम्बोधन
  • २१ कार्तिक २०८१, बुधबार १३:४५

काठमाडौं–अमेरिकाको ४७‍ औं राष्ट्रपति छान्न मंगलबार भएको निर्वाचनको मतपरिणाम अनुसार डोनाल्ड ट्रम्प जितका छन् । निकै प्रतिस्पर्धात्मक मानिएको पेन्सिल्भानियामा जित हासिल गरेसँगै रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुने लगभग निश्चित देखिएको छ । सिएनएनकाअनुसार उनले हालसम्म २७० इलेक्टोरल मत प्राप्त गरेका छन् । जीतका लागि २७० इलेक्टोरल मत आवश्यक पर्छ ।

mulpatra

फक्सन्युजले ट्रम्पको जित निश्चित भएको घोषणा गरिसकेको छ । उनले कम्तीमा २७७ इलेक्टोरल मत ल्याउने प्रक्षेपण गरेको छ । ट्रम्पले समर्थकहरूलाई सम्बोधन गरिरहेका छन् ।

त्यस्तै डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यरिस १९४ इलेक्टोरल मतमा अगाडि छिन् । राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ इलेक्टोरल मतमध्ये कम्तीमा २७० ल्याउनुपर्नेछ ।

mulpatra mulpatra mulpatra

जितका लागि निर्णायक मानिएका ७ स्विङ स्टेटमध्ये, पेनसिल्भानिया, नर्थ क्यारोलाइना र जर्जियामा ट्रम्पले जित हासिल गरेका छन् । यो जितले ट्रम्पलाई बहुमतका लागि सहज बनाएको हो ।

अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ५३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ ।

५० राज्यमध्ये अधिकांश राज्यले परम्परागत रूपमा राष्ट्रपतीय निर्वाचनमा प्रायः एउटै पार्टीलाई जिताउने गरेका छन् । त्यस्ता राज्यहरू ‘ब्लु’ र ‘रेड’ स्टेटका रूपमा चिनिन्छन् । डेमोक्रेटिक दलका उम्मेदवारको पक्षमा रहेका राज्यलाई ‘ब्लु’ र रिपब्लिकन उम्मेदवारको पकड रहेका राज्यलाई ‘रेड’ स्टेटका रूपमा चिनिन्छ ।

Image Source: © https://mulpatra.com

यस पटक पनि पहिलेजस्तै निर्वाचन परिणाम नै निर्धारण गर्ने‘ब्याटलग्राउन्ड स्टेट’ वा ‘स्विङ स्टेट’ को मतले राष्ट्रपति चयनमा महत्त्वपूर्ण भूमिका खेलेको हो ।

रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले फ्लोरिडामा आफ्नो चुनावी अभियानको मुख्यालयमा उपस्थित नागरिकलाई सम्बोधन गरेका छन् ।

चुनावी नतिजा आफ्नो पक्षमा आउने सम्भावना निकै बलियो भएपछि ट्रम्प आफ्ना समर्थकलाई सम्बोधन गर्न फ्लोरिडा पुगेका हुन् ।

मतदातालाई सम्बोधन गर्दै ट्रम्पले आजको दिनलाई आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण दिनको रूपमा सम्झने विश्वास व्यक्त गरेका छन् । उनले देशलाई निको पार्न काम गर्ने बताए । ‘यो अमरिकाको लागि स्वर्ण युग हुनेछ’ उनले भने, ‘यो अमेरिकी जनताको लागि ठूलो विजय हो जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन सक्षम बनाउँछ।’

ट्रम्पको चुनावी नारा नै ‘मेक अमेरिका ग्रेट अगेन’ रहेको छ ।