Close

Recent Posts

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पूजा शुरु

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पूजा शुरु
  • २२ कार्तिक २०८१, बिहीबार १९:५७

काठमाडौंः आज छठ पर्व । देशका विभिन्न स्थानहरुमा नदी तथा तलाउमा गई भक्तजनहरुले छठ पर्व मनाइरहेका छन् । छट पर्व अन्र्तगत आज साँझ अस्ताउँदो सूर्यलाई अध्र्य दिइ पूजा आजा गरिएको छ ।

सूर्यको पूजा आराधना गरि मनाइने छठमा ब्रतालुहरु रातभरि जाग्राम बसेर भोली बिहान उदाउँदै गरेको सूर्यलाई अध्र्य दिएर छठ पर्वको समापन गरिन्छ ।


छठका लागि काठमाढौंका बागमती, विष्णुमती, कमलपोखरी लगायत विभिन्न स्थानहरुमा निर्माण गरिएको पूजा स्थलमा भक्तजनहरुको बाक्लो उपस्थिति रहेको छ । त्यसैगरि भक्तपुर, ललितपुरका नदी तलाउ पनि सिंगारिएका छन् ।


परिवार तथा सन्तानको सुख समृद्धिको कामना गर्दै छठमा पुजा गर्ने परम्परा रहि आएको छ ।
विशेषगरि तराईमा बसोबास गर्नेहरुको लागि यो विशेष पर्व हो । जनकपुर, विरगंज लगायतका तराईका नदी तलाईमा छठको विशेष पूजा आजा गर्ने गरिएको छ ।