Close

Recent Posts

कांग्रेस मन्त्रीको निर्माण कम्पनी कालो सूचिमा

कांग्रेस मन्त्रीको निर्माण कम्पनी कालो सूचिमा
  • २३ कार्तिक २०८१, शुक्रबार १२:४३

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले कांग्रेस नेता तथा उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको स्वामित्वमा रहेको कान्छाराम कन्सट्रक्सनलाई कालोसूचिमा राखेको छ ।

mulpatra


अनुगमन कार्यालयले हालै दर्जनभन्दा बढी निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कांग्रेस नेता तथा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको स्वामित्वमा रहेको कान्छाराम कन्सट्रक्सन सहितका अन्य कम्पनीहरुलाई कार्यालयले आजै कालोसूचीमा राखेको हो ।


मन्त्रीको उक्त कम्पनीलाई दुई बर्ष छ महिना सम्म कालोसूचिमा राखिएको छ । जसले गर्दा यो अवधिभर सार्वजनिक खरिद प्रक्रियामा भाग लिन पाउने छैन ।

mulpatra mulpatra mulpatra


कान्छाराम कन्सट्रक्सनले एशियाली विकास बैंकको सहायतामा सञ्चालित ग्रामीण सम्पर्क सुधार परियोजनामा चिनियाँ कम्पनी चोङकिङ इन्टरनेसनल कन्स्ट्रक्सन कर्पोरेसन ९सिको० सँग मिलेर मोरङ जिल्लामा सडक निर्माणको ठेक्का पाएको थियो। तर, पाँच वर्षको अवधिमा ५४ प्रतिशत मात्र काम पूरा गरिएको र कामको गुणस्तर पनि अपेक्षाकृत कमजोर देखिएपछि, कोशी प्रदेशस्थित भौतिक पूर्वाधार मन्त्रालयले कालोसूचीमा राख्न सिफारिस गरेको हो


यो निर्णयले निर्माण क्षेत्रका कम्पनीहरूलाई जिम्मेवारीपूर्वक कार्य गर्न र तोकिएको समयसीमामा परियोजना सम्पन्न गर्न कडाइको सन्देश दिन्छ। यसका साथै अन्य कम्पनीहरू जस्तै एनबी कन्सट्रक्सन, बिरुवा कन्सट्रक्सन, र पूजा कन्सट्रक्सनलाई पनि तोकिएको अवधीका लागि कालोसूचीमा राखिएको छ। यस कार्यले सार्वजनिक खरिदमा पारदर्शिता र गुणस्तर कायम गर्न सकारात्मक कदमका रूपमा हेरिएको छ।