Close

Recent Posts

एमालले कोशी प्रदेश आन्तरिक मामिला मन्त्रीलाई गर्यो कारवाही

एमालले कोशी प्रदेश आन्तरिक मामिला मन्त्रीलाई गर्यो कारवाही
  • २४ कार्तिक २०८१, शनिबार १७:४७

काठमाडौं । मानव तस्करीमा मुछिएका कोशी प्रदेशका आन्तरिक मामिला मन्त्री लिलाबल्भव अधिकारी पार्टी कारबाहीमा परेका छन् । मानव तस्करीमा मुछिएपछि शनिवार प्रदेश कमिटिले उनलाई सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको थियो ।

mulpatra


एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले शनिबार विज्ञप्ती जारी गरी अधिकारीलाई पार्टीका सबै पदबाट मुक्त गरी महाधिवेशन प्रतिनिधि परिषद तथा संगठित सदस्यबाट समेत निलम्बन गरिएको जानकारी दिएका थिए।
प्रदेश कमिटीले पनि मन्त्री अधिकारीको भ्रमणसंग जोडिएर लागेको मानव तस्करी जस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।


नेकपा एमालेको सचिवालय बैठकले नेता लिल्लाबल्लभ अधिकारीलाई सबै जिम्मेवारीबाट हटाउने कोशी प्रदेश कमिटीको निर्णय अनुमोदन गरेको छ । शनिवार काठमाडौँमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

mulpatra mulpatra mulpatra


अधिकारी कोशी प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नै नलिई जापान उडेका थिए। तर त्यहाँको अध्यागमनले मन्त्री अधिकारीसहित उनीसँगै गएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटालाई डिपोर्ट गरेपछि यो प्रकरणको सार्वजनिक भएको थियो । डिपोर्ट भएपछि उनले नैतिकताका आधारमा भन्दै राजीनामा दिएका थिए।