Close

Recent Posts

भोलि रौतहटमा प्रसाईको आमसभा, लाख बढी जनता भेला हुँदै

भोलि रौतहटमा प्रसाईको आमसभा, लाख बढी जनता भेला हुँदै
  • २४ कार्तिक २०८१, शनिबार १९:५२

काठमाडौं–राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले भोली रौतहटको चीन मिलमा भव्य कार्यक्रम गर्दैछन् । उनका कार्यक्रममा एक लाखभन्दा बढी सर्वसाधारण भेला हुने आयोजकको अनुमान छ ।

mulpatra

दुई साताअघि प्रसाईले इटहरीमा गरेको एक आमसभामा कम्तिमा ७० हजारभन्दा बढी सर्वसाधारण भेला भएका थिए ।
रौतहट जिल्ला प्रहरीका अनुसार भोली हुने आमसभामा ९० हजारदेखि एक लाख जनता भेला हुने अनुमान छ ।

सोही अनुसार सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । प्रसाईले दुई बर्षयता देश र जनताका लागि आवाज उठाउँदै आएका छन् ।

mulpatra mulpatra mulpatra

गरिबी, भ्रष्टचार, बेथिति, विसंगतिका बिरुद्ध, गरिव, निमुखा, विपन्न, वेसाहारा, बैंक, लघुबित्त, सहकारी पिडितका पक्षमा आफुले आवाज समेत प्रसाईको मुख्य एजेन्डा हो ।

प्रसाईले उठाएका आवाज जनताले मन पराउन थालेका छन् । सनातन हिन्दु धर्म कायम गर ,संघियता खारेज गर ,बैङक तथा वित्तीय संस्थाको ज्याजदति बन्द गर ,धर्म, संस्कार ,संस्कृतिको संरक्षण गर ,म जे गर्छु नेपालमै गर्छ,कृषि उत्पादनलाई बजार व्यवस्थापनको ग्यारेन्टी गर, वैदिक सनातनसहितको हिन्दुराज्य कायम गर, गिता मेरो मार्गदर्शन हो र वैदेशिक रोजगारीको विकृत्ति रोक्न प्रयासले आम आवाज उठाउँदै आएका छन् ।