Close

Recent Posts

रविलाई म्याद थपका लागी अदालतमा उपस्थित गराइँदै

रविलाई म्याद थपका लागी अदालतमा उपस्थित गराइँदै
  • २५ कार्तिक २०८१, आईतवार १०:०८

काठमाडौं–सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चौथो पटक म्याद थपका लागि आज अदालत उपस्थित गराइँदै छ ।

mulpatra

यसअघि थपिएको म्याद सकिएसँगै कास्की प्रहरीले म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराउँदैछ । रविलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याएको थियो । कात्तिक १५ गतेबाट लागू हुने गरी २० गते थपिएको म्याद सकिएसँगै आज अदालत उपस्थित गराउन लागिएको हो ।

रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । उता रास्वपाले सभापतिको पक्राउविरुद्ध प्रदर्शन गर्ने तयारी गरेको छ ।

mulpatra mulpatra mulpatra