Close

Recent Posts

रौतहटमा ७० हजार जनतालाई संम्बोधन गर्दै प्रसाईले भने ‘पार्टीले सरकार र जनतालाई व्यापार बनाए’

रौतहटमा ७० हजार जनतालाई संम्बोधन गर्दै प्रसाईले भने ‘पार्टीले सरकार र जनतालाई व्यापार बनाए’
  • २५ कार्तिक २०८१, आईतवार १६:००

रौतहट – राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले आज रौतहटमा भव्य आमसभा गरेका छन् । उनको आम सभामा ७० हजारभन्दा बढी जनता भेला भएको रौतहत जिल्ला प्रहरीले जनाएको छ ।

mulpatra

रौतहटमा ७० हजारभन्दा बढी जनतालाई संम्बोधन गर्दै प्रसाईले देशमा परिवर्तन ल्याउन दाबी गरे । नेपालमा राजनीतिका नाममा कमाउन, जनतालाई दुख दिने, तस्करीको सल्लाहअनुुसार सरकार चलाउने र देशको विकासका लागि सोच्ने पार्टी नभएको प्रसाईको आरोप छ ।

देश राजनीतिकका नाममा सकिदै छ । अब सबै जनता एक पटक उठेर देश बचाउनुपर्ने उनले बताए । ‘अहिलेको अवस्था तपाईहरुलाई थाहा छ । देश प्रधानमन्त्री केपी ओली कसरी चलाएका छन् । दैनिक हेर्नु भएको छ । अब व्यवस्था बदल्न सबै जनता एक जुट भएर लड्नुपर्छ ।’ उनले भने ।

mulpatra mulpatra mulpatra

देशमा डुबाउनेहरु सत्तामा छन् । उनीहरुले नेपाल सम्बृद्धि बनाउन नदिने गरी सत्ता चलाएको प्रसाईको दाबी छ । सरकारमा भएको पार्टीहरु तस्करीको घेरामा छन् । देशमा लुट्ने तस्करीहरुले राजनीतिक आडमा दशकदेखि देश लुटिरहेको प्रसाईले जानकारी दिए ।
नेपाल र नेपाली भन्ने दिन राजनीतिक कारणm गुम्दै छ । यसलाई हामी सबै मिलेर फिर्ता गर्नुपर्ने उनको भनाइ छ । सरकार सरकार होइन । तस्करीको पसल जस्तै भएको छ । अब यस्तो नक्कली पसल बन्द गर्नुपर्ने उनी बचाउँछन् ।

देश बचाउनु छ भने हामी नेपाली एक जुट नभइ नहुने प्रसाईले जानकारी दिए । अहिले सरकार राजनीतिक दलको व्यापार भयो । सबै मिलेर यस्तो व्यापार बन्द गर्नुपर्ने उनको आग्रह छ ।

प्रसाईले उठाएका आवाज जनताले मन पराउन थालेका छन् । सनातन हिन्दु धर्म कायम गर ,संघियता खारेज गर ,बैङक तथा वित्तीय संस्थाको ज्याजदति बन्द गर ,धर्म, संस्कार ,संस्कृतिको संरक्षण गर ,म जे गर्छु नेपालमै गर्छ,कृषि उत्पादनलाई बजार व्यवस्थापनको ग्यारेन्टी गर, वैदिक सनातनसहितको हिन्दुराज्य कायम गर, गिता मेरो मार्गदर्शन हो र वैदेशिक रोजगारीको विकृत्ति रोक्न प्रयासले आम आवाज उठाउँदै आएका छन् ।

Image Source: © https://mulpatra.com

पछिल्लो समय प्रसाईले गरिबी, भ्रष्टचार, बेथिति, विसंगतिका बिरुद्ध, गरिव, निमुखा, विपन्न, वेसाहारा, बैंक, लघुबित्त, सहकारी पिडितका पक्षमा आवाज उठाउँदै आएका छन् ।