Close

Recent Posts

लुम्बिनीमा प्रसाईको भोली आमसभा, लाखभन्दा बढी जनता भेला हुने अपेक्षा

लुम्बिनीमा प्रसाईको भोली आमसभा, लाखभन्दा बढी जनता भेला हुने अपेक्षा
  • ३० कार्तिक २०८१, शुक्रबार १५:३६

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले मंसिर १ गते (भोली) लुम्बिनीका आमसभा गर्दैछन् । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईको उक्त आमसभामा एक लाखभन्दा बढी सर्वसाधारण सहभागि हुने आयोजकको अपेक्षा छ ।

mulpatra

प्रसाईले योभन्दा अगाडी इटहरीमा र रौतहटमा गरेको कार्यक्रममा ७० हजारभन्दा बढी जनता भेला भएका थिए । यस्तै भोली हुने कार्यक्रममा पनि लुम्बिनी आसपासका एक लाखभन्दा बढी जनता भेला हुने प्रसाईको सचिवालयले जनाएको छ ।
लाखभन्दा बढी जनता भेला हुने भएपछि त्यहीअनुसार कार्यक्रम र सुरक्षाको व्यवस्था गरिएको छ ।

देश र जनताका समस्या उठाउनु आफनो एजेन्डा भएको प्रसाईले जानकारी दिए । आफनो महाअभियान राजनीतिक दलको भन्दा फरक भएका कारण जनताले सहयोग र महाअभियानमा सहभागिता बढेको उनको दाबी छ । अहिलेको राजनीतिकका कारण देशमा यस्तो अवस्था सिर्जना भएको छ । अब सबै जनता मिलेर यो व्यवस्था फेर्नुपर्ने उनको आवाज छ ।

mulpatra mulpatra mulpatra

प्रसाईले उठाएका आवाज जनताले मन पराउन थालेका छन् । उनले दुई बर्षयता जनताका पक्षमा आवाज उठाउँदै आएका छन् ।

प्रसाईले सनातन हिन्दु धर्म कायम गर ,संघियता खारेज गर ,बैङक तथा वित्तीय संस्थाको ज्याजदति बन्द गर ,धर्म, संस्कार ,संस्कृतिको संरक्षण गर ,म जे गर्छु नेपालमै गर्छ,कृषि उत्पादनलाई बजार व्यवस्थापनको ग्यारेन्टी गर, वैदिक सनातनसहितको हिन्दुराज्य कायम गर, गिता मेरो मार्गदर्शन हो र वैदेशिक रोजगारीको विकृत्ति रोक्न प्रयासले आम आवाज उठाउँदै आएका छन् ।

पछिल्लो समय प्रसाईले गरिबी, भ्रष्टचार, बेथिति, विसंगतिका बिरुद्ध, गरिव, निमुखा, विपन्न, वेसाहारा, बैंक, लघुबित्त, सहकारी पिडितका पक्षमा आवाज उठाउँदै आएका छन् । यस्तै प्रसाईले बोलेअनुसार देशको परिस्थीति सिर्जना भइरहेका कारण उनको पक्षमा जनलहर बन्द थालेको छ । प्रसाईले मंसिर ७ गते व्यवस्था बदल्ने गरी आन्दोलन गर्दैछन् ।

Image Source: © https://mulpatra.com