Close

Recent Posts

मन्त्री बदल्ने प्रधानमन्त्रीको चेतावनी

मन्त्री बदल्ने प्रधानमन्त्रीको चेतावनी
  • १२ मंसिर २०८१, बुधबार २१:०६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद हेरफेर हुन सक्ने स्पष्ट संकेत गरेका छन् । कार्यक्षमता नभएका मन्त्रीहरुलाई हेरफेर गर्ने चर्चा चलेको लामो समय पछि आज कार्यक्षमता प्रभावकारी नदेखिए मन्त्री परिवर्तन हुने चेतावनी दिँदै प्रधानमन्त्री स्वयंले त्यसको पुष्टि गरेका छन् ।

mulpatra

हालको मन्त्रीपरिषदमा रहेका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डे, उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ हिट लिष्टमा छन् । कार्यसम्पादन कमजोर रहेको भनेर यी मन्त्रीहरुलाई हटाउनु पर्ने पार्टी भित्र पनि कुरा उड्न थालेको एमालेका एक केन्द्रिय सदस्यले बताएका छन् ।


कुनै पनि मन्त्रीको कार्यसक्षमता प्रभावकारी नभए समीक्षा गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री, मन्त्री र सचिवले सकारात्मक परिणामका लागि आफ्नो ठाउँबाट हस्तक्षेप गर्नुपर्ने र काम नगर्ने कर्मचारीलाई सरुवा मात्रै नगरेर कारबाही गर्नुपर्ने उनले बताए ।

mulpatra mulpatra mulpatra


आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, उपप्रधानमन्त्री, मन्त्री, मुख्य सचिव, सचिवहरु सहभागी भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले चलाउन नसक्ने उद्योग चलाउन सक्नेलाई किन नदिने ? भन्दै चलाउन नसक्ने घाटामा गएका सरकारी उद्योग व्यक्तिलाई दिन सक्ने समेत संकेत गरेका छन् ।