आज बाला चतुर्दशी सतबिज छर्न शिवालयमा दर्शनार्थीको भीड

आज बाला चतुर्दशी सतबिज छर्न शिवालयमा दर्शनार्थीको भीड
  • १४ मंसिर २०८१, शुक्रबार २०:५३

काठमाडौं । हरेक सालको मंसिर महिनाको कृष्णपक्षको चतुर्दशी अर्थात बालाचतुर्दशीको अघिल्लो साँझ देशभरका विशेषगरि शिवमन्दिरमा दिवंगत पितृका नाममा बत्ती बालिएको छ । काठमाडौंको पशुपतिमा बत्ती बाल्न देशभरका भक्तजनहरु भेला भएका छन् ।


काठमाडौंमा पशुपति क्षेत्र विकास कोषले भक्तजनहरुको सुविधाका लागि विभिन्न व्यवस्थाहरु गरेको छ। बाला चतुर्दशी पर्वमा कैलाश क्षेत्रमा पसल राख्न प्रतिबन्ध गरेको छ। पसल राख्न दिँदा दिवंगत पितृका नाममा मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर्न आउने भक्तजनलाई असहज भएपछि पसल राख्न निषेध गरिएको हो।


आज साँझ पितृको नाममा बत्ती बाली रातभर जाग्राम बसी भोलि शनिवार बिहान सतविज छर्ने गरिन्छ । प्रत्येक वर्षको हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा पर्ने बालाचतुर्दशी पर्वलाई शतबीज छर्नै रोपण पर्व पनि भनिन्छ ।


यो पर्व विशेषगरी पितृहरूको उद्धारको निमित उनीहरूको सम्झनामा मनाइन्छ । बोलीचालीको भाषामा सद्बीउ छर्ने भनिने शतबीजरोपणले पितृहरूको उद्धार हुन्छ भन्ने जनविश्वास रही आएको छ ।