Close

Recent Posts

नेपाल प्रिमियर लिगः कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स बिजयी

नेपाल प्रिमियर लिगः कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स बिजयी
  • १७ मंसिर २०८१, सोमबार १६:४७

काठमाडौं । नेपाल प्रिमियर लिगको आजको खेलमा जनकपुर बोल्ट्स बिजयी भएको छ । कर्णाली याक्सको १४२ रनको लक्ष्य जनकपुरले १५ ओभर मै पुर्याएपछि उक्त जीत निकालेको हो ।

mulpatra


जनकपुरका कप्तान अनिलकुमार शाहको अर्धशतक पारले जीत सहज बनाएको थियो । अनिल र आसिफ शेखले ८४ रनको साझेदारी गर्दा लाहिरु मिलन्थाले २४ रन जोडे ।


कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४१ रन बनाएको थियो ।
कर्णालीका कप्तान सोमपाल कामी र अर्जुन घर्तीले आक्रामक ब्याटिङ गरे । सोमपाल १३ बलमा २९ रनमा अविजित रहे। अर्जुनले २२ बलमा ३३ रन बनाए । पछिल्लो २ ओभरमा कर्णालीले ४३ रन जोड्यो अर्जुनले १९औं ओभरमा २२ रन प्रहार गरेका थिए । नेपालकै गुल्सन झाले ३६ रनको योगदान दिए ।

mulpatra mulpatra mulpatra


कर्णालीका कुनै पनि विदेशी खेलाडी चल्न सकेनन् । भारतीय चर्चित खेलाडी शिखर धवनसहित कर्णालीका सबै खेलाडी फ्लप भए । एक खेलको ४० लाख पारिश्रमिकमा एनपीएलले खेल्ने आएका शिखरले १४ बलमा १४ रन बनाउँदै आउट भए ।