सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई हरायो
काठमाडौं । नेपाल प्रिमियर लिगको आजको खेलमा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई पराजित गरेको छ ।
कप्तान दीपेन्द्रसिह ऐरी अर्धशतकमा सुदूरपश्चिमले सहज जित निकालेको हो ।

जनकपुर बोल्टससँग हारेको विराटनगरको यो दोश्रो हार हो । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १६।१ ओभरमा ९२ रनमै समेटियो । योसँगै सुदूरपश्चिम पहिले ब्याटिङ गरेर जित निकाल्ने पहिलो टिम बन्यो । प्रतियोगिताको यसअघिका तीनै खेलमा लक्ष्य पछ्याउने टिमले जित निकालेका थिए ।
विराटनगरका कुनै पनि ब्याटरको प्रदर्शन उल्लेखनीय रहेन । टिमबाट सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका बसिर अहमेदले २४ रन जोडे । उनले २८ बलमा दुई चौका प्रहार गरे ।
![]() |
![]() |
![]() |
|---|



