Close

Recent Posts

अफगानिस्तान विरुद्ध सान्त्वना जीत निकाल्दै बाहिरियो नेपाल

अफगानिस्तान विरुद्ध सान्त्वना जीत निकाल्दै बाहिरियो नेपाल
  • १८ मंसिर २०८१, मंगलवार २०:३६

काठमाडौं । एसीसी यू–१९ एसिया कपको आजको खेलमा अफगानिस्तानलाई हराउँदै नेपाली युवा टिम विजयी बनेको छ । युनाइटेड अरब इमिरेट्सको सारजाहमा भएको आजको खेलमा नेपालले एक विटेकको जित निकालेको हो ।


अफगानिस्तानले प्रस्तुत गरेको १२४ रनको लक्ष्य नेपालले ४१.३ ओभरमा नौ विकेट गुमाउँदै पुरा गरेको थियो ।
नेपालले जितका लागि नौ रन आवश्यक हुँदा आठौँ विकेट गुमाएको थियो । अन्तिम विकेट बाँकी रहँदा नेपालका कप्तान हेमन्त धामी र युनिस ठकुरीले नौ रन बनाउँदै नेपाललाई रोमाञ्चक जित निकालेको हो ।


नेपालबाट आठौँ नम्बरमा आएका नरेन साउदले सर्वाधिक २६ रन बनाए । १०औँ नम्बरमा ब्याटिङ गर्न आएका हेमन्त धामीले अविजित २२ रन बनाए । उनले ३३ बलमा दुई चौका प्रहार गरे । नवौँ नम्बरमा ब्याटिङमा आएका अभिषेक तिवारीले १३ रन थपे । अर्जुन कुमालले ६२ बलमा दुई चौकासहित २१ रन बनाए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको अफगानिस्तानले ३५।४ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनाएको थियो । अफगानिस्तानका फैसल सिनुजादाले ५२ रन बनाए । स्तानिकजाईले १५, घाजन्फिरले ११ र नासिर खानले १० रन थपे ।

आजको खेलमा विजयी बनेपनि नेपालले तीन खेलमा जम्मा दुई अंक मात्र जोड्न सकेकोले तेश्रो स्थानमा रहँदै एसिया कपबाट बाहिरिएको छ ।
यसअघि नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले र दोस्रो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो ।