बीमा प्राधिकरणले चार बीमालेख संशोधन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले चार वटा बीमालेख संशोधन तथा परिमार्जजन गरेको छ । प्राधिकरणले कफी खेती बीमालेख, मौरी बीमालेख, उखु खेती बीमालेख र तरकारी खेती बीमालेख संशोधन तथा परिमार्जन गरेको हो ।

प्राधिकरणले यी चारै वटा संशोधित तथा परिमार्जित बीमालेख प्रचलनमा ल्याउन बीमकलाई निर्देशन समेत दिएको छ ।
यी चारै वटा बीमालेखमा आगलागी वा अग्नि क्षति, हावाजनय क्षति, जल उत्पन्न तथा मौसमजन्य क्षति, भूमिजन्य, रोग वा किराको विषादीजन्य क्षतिको रक्षावरण हुनेछ । यता, मौरीको स्थानान्तरण गर्दा, चरणमा ल्याउँदा–लैजाँदा बन्द हड्तालका कारण घरमा भएको क्षतिको पनि रक्षावरण हुनेछ। यद्यपि, मौरी स्थानान्तरण गरिने साधानमा मौरी मात्र हुनुपर्ने प्राधिकरणले जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|
प्राधिकरणका अनुसार बीमालेख बीमितले बीमाशुल्क भुक्तानी गरेपश्चात नै प्रारम्भ हुने छ । बीमितले न्युनतम २ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गनुपर्नेछ । यसको अवधिमा भने १ अर्बको लागि मात्रै हुनेछ । बीमितले २०० रुपैयाँ बीमाशुल्क बुझाउनुपर्नेछ । तर, त्यस्तो बीमा शुल्कमा कुनै पनि अनुदान उपलब्ध नहुने प्राधिकरणले जनाएको छ ।
एक भन्दा बढी कृषि, पशुपन्छी तथा जडीबुटी बीमालेख लिने बीमितको दुर्घटना बीमाको अवधि बाँकी रहेको अवस्थामा पुनः अर्को दुर्घटना बीमालेख लिन अनिवार्य हुने छैन । तर, दुर्घटना बीमाको अवधि समाप्त हुन अगामै कृषिलाई जानकारी गराउने जिम्मेवारी भने बीमा कम्पनीहरु हुनेछन् ।
यस्तै, सामुहिक रुपमा गरिएको बीमाको हकमा बीमालेखमा आवद्ध प्रत्येक व्यक्तिको छुट्टाछुट्टै दुर्घटना बीमा गर्नु पर्ने छ । प्राधिकरणका अकनुसार दुर्घटना बीमा बापत बीमकले बीमितलाई बीमाङ्क रकम भुक्तानी गर्नुपर्नेछ ।
Image Source: © https://mulpatra.com
आत्महत्या बाहेकका अन्य कुनै पनि दुर्घटनाका कारण मृत्यु भएमा, स्पाइनल इन्जुरीका कारण पुनः ठीन नहुने गरि रिढको हड्डी काम नलाग्ने भएमा, एक वा दुवै हातको नाडीदेखि माथि पुरै हात काम नलाग्ने भएमानिर्जीवन बीमा कम्पनीले बीमितलाइ बीमाङ्क रकम भुक्तानी गर्नुपर्नेछ ।
यस्तै, एक वा दुवै खुट्टाको गोली गाँठोदेखि माथि पुरै खुट्टा काम नलाग्ने भएमा र दुवै आँखाको दृष्टि गुमेमा निर्जीवन बीमा कम्पनीले बीमितलाइ बीमाङ्क रकम भुक्तानी गर्नुपर्नेछ ।



