Close

Recent Posts

प्रधानमन्त्रीकै निर्देशनमा प्रसाईमाथि प्रोपागाण्डा र नचाहिँदो मुद्दा लगाउँदै प्रहरी

प्रधानमन्त्रीकै निर्देशनमा प्रसाईमाथि प्रोपागाण्डा र नचाहिँदो मुद्दा लगाउँदै प्रहरी
  • २४ मंसिर २०८१, सोमबार १५:४९

काठमाडौं–नागारिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा लगिएको छ । उनीमाथि सोमबार सीआईबीले आपराधिक लाभ (एक्सटर्शन)को कसुरमा अनुसन्धान गर्न सीआईवी लगिएको प्रहरीले जनाएको छ ।

mulpatra

प्रसाईलाई अब सीआईबीको महाराजगञ्जस्थित हिरासतमा राखेर अनुसन्धान अघि बढाउन जनाएको छ । प्रसाईलाई प्रहरीले एउटा मुद्दामा पक्रिएपनि अन्यतिर मुद्दा मोड्न थालेको छ ।

प्रधानमन्त्री केपी ओलीको निर्देशनमा (सीआईबी) प्रहरीले प्रसाईलाई आपराधिक लाभको मुद्दा चलाउन भएको छ ।

mulpatra mulpatra mulpatra

प्रसाईंलाई सीआईबीले नै ४ मंसिरमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेर साइबर ब्यूरोलाई बुझाएको थियो । प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा साढे ३२ अर्ब लगानी भएको प्रसाईले अभिव्यक्ति दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । अहिले प्रसाईमाथि सिमाना बाहिर प्रहरीले अनुसन्धान गर्ने भनेर दुख दिइरहेको छ ।

प्रसाईका बारेमा केही सञ्चारमाध्यममा भ्रम पनि फैलाइँदै छ । भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलाई धम्क्याएको आरोप पनि सीआईवी प्रहरीले लगाउँदै भ्रम फलाइरहेको प्रसाईका समर्थकको आरोपमा छ ।

यही मुद्दामा सीआईबीको टोलीले १४ मंसिरमा झापाको मेचीनगर–१३ का हरिचन्द्र फुयाललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ती युवामाथि अनुसन्धान गर्दा प्रसाईंबीचको कनेक्सन भएको भन्दै प्रहरीले अपवाह फैलाइरहेको प्रसाईका समर्थकको आरोप छ ।

Image Source: © https://mulpatra.com

प्रसाईले फुयाललाई राम्रोसँग नचिनेको पनि प्रहरीसँग बयान दिएका छन् । प्रसाईंकै निर्देशनमा फुयालले काम गरेको प्रहरीको दाबी भएपनि अहिलेसम्म त्यस्तो प्रमाण भेटिएको छ ।

प्रसाईंले हाल सीआईबीको हिरासतमा रहेका झापाकै फुयाललाई धम्क्याउनका लागि ५ लाख रुपैयाँ दिएको दाबी छ । तर यो रकम प्रसाईंले सोझै फुयाललाई दिएको प्रमाण छैन । जसका कारण प्रसाईलाई प्रहरीले प्रधानमन्त्रीकै निर्देशनमा विभिन्न मुद्दामा फसाउन र कानुनी झमेलामा पार्ने खोजेको देखिन्छ ।

प्रसाईलाई जसरी हुन्छ प्रधानमन्त्री ओली मुद्दा धेरै थपेर हिरासतमा राख्न चाहेको प्रष्ट हुन्छ । संगठित लाने÷नलाने भन्नेमा सरकारी वकिलको रायपछि मात्रै अघि बढाउने तयारी प्रहरीको छ । तर प्रसाईमाथि संगठित लाने आधार केही नभएको प्रहरीकै केही अधिकारी बताउँछन् ।