राष्ट्र बैंकबाट पैसा साट्न अब थापाथली जानुपर्ने
काठमाडौं– नेपाल राष्ट्र बैंक अन्तरगतका दुई विभागहरु थापाथली स्थित नयाँ भवनमा सर्ने भएका छन् । राणा कालमा जंगबहादुर राणाले सत्ता सञ्चालन गरेको ‘थापाथली दरबार’ मा केन्द्रिय बैंक बसेको थियो । सरकारले पहिले नै ललिता निवास र थापाथली दरबार राष्ट्र बैंकलाई हस्तान्तरण गरेको थियो ।

तर २०७२ सालको भूकम्पले क्षति पुर्याएपछि थापाथलीको कार्यालय बन्द रहँदै आएको थियो । हालैमात्र बालुवाटाकार ललिता निवासमा रहेको प्रधान कार्यालयमा पनि भवन पूनःनिर्माण सम्पन्न भएर नयाँ भवनमा सर्ने क्रम जारी छ भने अब थापाथलीको भवन पनि तयार भएको छ ।
यसै कारण आगामी पुस १ गतेबाट बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग थापाथलीस्थित नयाँ भवनमा सर्ने भएको राष्ट्र बैंकले जनाएको छ । भूकम्पपछि थापाथलीको भवनमा भएको क्षतिपछि ती विभागहरु बालुवाटारस्थित केन्द्रीय कार्यालय भवनबाट सञ्चालन हुँदै आएका थिए । त्यसपछि बैकिङ कारोबार गर्न र पैसा साट्न थापाथली जानुपर्ने छ ।
![]() |
![]() |
![]() |
|---|



