Close

Recent Posts

५ महिनाको विकास खर्च ११.३६ प्रतिशत मात्रै, घाटा डेढ खर्ब

५ महिनाको विकास खर्च ११.३६ प्रतिशत मात्रै, घाटा डेढ खर्ब
  • २७ मंसिर २०८१, बिहीबार १६:५१

काठमाडौं– सरकारको आम्दानी भन्दा खर्च धेरै अर्थात् बजेट घाटा डेढ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको झन्डै पाँच महिनामा सरकारले १ खर्ब ५३ अर्ब बढी घाटा व्यहोरेको छ ।

mulpatra

महालेखा नियन्त्रक कार्यालयका अनुसार बुधवारसम्म (मंसिर २६ गते) सम्म सरकारले कुल ३ खर्ब ९९ अर्ब ८३ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको छ । तर, खर्च भने ५ खर्ब ५३ अर्ब ३९ करोड ७ लाख रुपैयाँ छ । यसरी आम्दानी भन्दा खर्च धेरै हुँदा सरकारले झन्डै पाँच महिनामा १ खर्ब ५३ अर्ब ५५ करोड ८९ रुपैयाँ घटा व्यहोर्न पुगेको छ ।

सो अवधिमा सरकारले लक्ष्यको २७.१७ प्रतिशत मात्रै आम्दानी गरेको छ । चालु आवमा सरकारले राजश्व, अनुदान, ऋण लगायतका माध्यमबाट कुल १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । तर, हालसम्म भने ३ खर्ब ९९ अर्ब ८३ करोड रुपैयाँ मात्रै आम्दानी भएको छ ।

mulpatra mulpatra mulpatra

कार्यालयका अनुसार बुधवारसम्म लक्ष्यको २७.७४ प्रतिशत अर्थात् ३ खर्ब ९३ अर्ब ६९ करोड ४१ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

यस्तै, कर राजश्व ३ खर्ब ५६ अर्ब ८६ करोड ४२ लाख रुपैयाँ र गैर कर राजश्व भने ३६ अर्ब ८२ करोड ९९ लाख रुपैयाँ संकलन गरेको देखिन्छ । यो वर्ष सरकारले कुल राजश्व १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ । यस्तै, कर मार्फत १२ खर्ब ८४ करोड २० लाख ९६ हजार र गैर कर राजश्व मार्फत १ खर्ब ३५ अर्ब ९ करोड ३४ लाख रुपैयाा आम्दानी गर्ने लक्ष्य लिएको छ ।

विकास खर्च ११.३६ प्रतिशत मात्रै

Image Source: © https://mulpatra.com

सो अवधिमा आइपुग्दा सरकारको खर्च भने लक्ष्यको २९.७५ प्रतिशत भएको छ । मंसिर २६ गतेसम्ममा सरकारले ५ खर्ब ५३ अर्ब ३९ करोड रुपैयाँ खर्च गरेको छ । चालु आवमा सरकारले कुल १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ ।

कार्यालयको अनुसार सरकारको विकास खर्च अर्थात् पुँजीगत खर्च भने ११.३६ प्रतिशत मात्रै देखिन्छ । झन्डै पाँच महिनाको अवधिमा सरकारको यस्तो खर्च ४० अर्ब ३ करोड ५७ लाख रुपैयाँ छ । जबकि यो वर्ष ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँको लक्ष्य छ ।

यस्तै, सो अवधिमा सरकारको वित्तीय खर्च ४१.३२ प्रतिशत र चालु खर्च ३१.७ प्रतिशत मात्रै छ । कार्यालयका अनुसार सो अवधिमा सरकारको चालु खर्च ३ खर्ब ६१ अर्ब ५९ करोड ९३ लाख रुपैयाँ र वित्तीय खर्च १ खर्ब ५१ अर्ब ७६ करोड ५७ लाख रुपैयाँ रहेको छ। चालु आवमो सरकारले चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख र वित्तीय खर्च ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँको लक्ष्य लिएको छ ।