Close

Recent Posts

आज नेवारहरुको यमरी पुन्हि र किराँच समुदायको उद्यौली पर्व

आज नेवारहरुको यमरी पुन्हि र किराँच समुदायको उद्यौली पर्व
  • ३० मंसिर २०८१, आईतवार १०:०७

काठमाडौं । आज मार्गशीर्ष पूर्णिमा जसअनुसार प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् । त्यसैगरि नेवार समुदायले यो दिनलाई योमरी पुन्हिका रुपमा मनाउँदैछन् ।

उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउँछन्।

यता नेवार समुदायले नयाँ धान भित्र्याएको खुसीयालीमा योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् ।


किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन्। बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन छ।


भूमिपूजा गर्दै आज बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर विभिन्न सिली (नाच)सहित पर्व मनाउँछन्।
जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने प्रकृयालाई उधौली र उभौली पर्वको रुपमा लिने गरिन्छ।
उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे)लाई धन्यवाद दिने गरिन्छ।