Close

Recent Posts

बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध

बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध
  • १ पुष २०८१, सोमबार १९:१६

काठमाडौँ। नेपाल बैंकर्स संघको अध्यक्ष पदमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला निर्विरोध भएका छन्। अध्यक्षमा उम्मेदवारी दिएका प्रभू बैंकका सीईओ अशोक शेरचनले उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध भएका हुन् । यहि पौष ३ गते हुने संघको साधारणसभाले औपचारिक निर्णय गरेपछि कोइरालाले अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् ।

mulpatra


अध्यक्ष पदमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला निर्वाचित भएसँगै, उपाध्यक्षको जिम्मेवारी ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीले सम्हाल्ने भएका छन्।


संघको खाली रहेको तीन सदस्य पदका एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले आफ्नो दोस्रो कार्यकालका लागि पुनः चयन भएका छन् भने अन्य दुईमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल निर्वाचित भएका छन्।


ब्याङ्कहरूमा निक्षेप रकम बढिरहेको र ब्याजदर घटिरहेको भए पनि कर्जा प्रवाह भने हुन नसकेर बैंकहरु समस्यामा पर्न लागेको अवस्थामा अध्यक्षमा कोइराला निर्वाचित भएपछि यसको समाधान हुने अपेक्षा गरिएको छ । माछापुच्छ्रे बैंकको सफल नेतृत्व र बैंकिङ क्षेत्रमा लामो अनुभव भएका कोइरालाको नेतृत्वले बैंकिङ क्षेत्रका विभिन्न चुनौती र अवसरहरूको सामना गर्दै ग्राहकमैत्री सेवा प्रवर्द्धन तथा वित्तीय क्षेत्रको स्थायित्वमा योगदान दिने विश्वास गरिएको छ।