सर्वोच्चको आदेशपछि रिहा भए दुर्गा प्रसाई
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । व्यापारीलाई धम्क्याएको आरोपमा हाल प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको हो।
दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्चमा हाजिर गराइएको थियो । न्यायाधीशद्वय नहकुल सुवेदी र सारंगा सुवेदीको संयुक्त इजलासले प्रसाईंलाई रिहा गर्न भनेको हो।
प्रसाईंको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले आजै रिहा गर्न आदेश दिएको प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।
विद्युतीय अपराधको कसुरमा उनीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले मुद्दा चलाएको थियो। सो कसुरमा ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि उनी छुटेका थिएनन्।
उनलाई फेरि आपराधिक लाभको कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले अनुसन्धान गरिरहेको थियो।
प्रसाईलाई संगठित र आपराधिक लाभ लिने कसुरमा मुद्दामा राख्नुपर्ने कुनै प्रमाण नभएको सीआईवी प्रहरीका एक अधिकारीले जानकारी दिएका थिए । सीआईवीकै प्रहरीहरुले प्रसाईलाई यस्तो सामान्य मुद्दामा हिरासतमा राख्नु नहुने तर्क गदै आएका छन् ।
संगठित र आपराधिक लाभ लिने कसुर प्रसाईले गरेका छैन । प्रधानमन्त्री ओलीको निर्देशनमा सीआईवी प्रहरीले प्रसाईमाथि जबरजस्ती झुटो मुद्दा लगाएर पक्रिएको हो । ओली जति हुन्छ त्यति समय प्रसाईलाई हिरासतमा राख्न निर्देशन दिएको सीआईवीका प्रहरीहरु नै बताउँछन् ।

