प्रसाईका बारेमा प्रधानमन्त्री ओली बाहिर बेखर, भित्र–भित्रै नचाहिँदो जालझेल बुन्दै

प्रसाईका बारेमा प्रधानमन्त्री ओली बाहिर बेखर, भित्र–भित्रै नचाहिँदो जालझेल बुन्दै
  • १६ पुष २०८१, मंगलवार १६:३४

काठमाडौं– ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले अहिले प्रहरीका अनुसन्धानमा छन् । कम्बोडियामा ३२ अर्ब लगानी भएको प्रमाण देखाएपछि प्रधानमन्त्री केपी ओलीले मंसिर ४ गते प्रसाईलाई पक्रिन लगाएका थिए ।

mulpatra

प्रसाई पक्राउ परेपछि स्यंम प्रधानमन्त्री ओली नै उनको मुद्दामा दैनिक चासो दिइरहेको प्रहरी स्रोतकै दाबी छ ।

बाहिर प्रसाईको बारेमा चासो नभए जस्तो देखाउने ओलीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई भने दैनिक उनको मुद्दाका बारेमा जानकारी लिने गरेका छन् । ओलीले प्रसाईलाई जसरी भएपनि फसाउन सीआईवी प्रहरीलाई निर्देशन दिएका थिए । तर उनलाई फसाउन गतिलो प्रमाण नभेटाएपछि अहिले प्रधानमन्त्री स्यंम नक्कली प्रसाईका सहयोगी बनाएर पक्राउ गर्न प्रहरीलाई दवाव दिइरहेका छन् ।
सीआईवी प्रहरी स्रोतअनुसार ओलीले प्रसाईका विषयमा यति चासो दिएका छन् । कहिले के भयो । ती प्रहरीका अनुसार कहिले प्रसाई किन छुटे भन्दै सीआईवी प्रमुख दिपक थापालाई फोन गर्नेगरेका छन् । कहिले नयाँ मुद्दा दर्ता गराउने बाटो हेर्ने थापालाई दवास दिइरहेको सीआईवी प्रहरी नै बताउँछन् ।

mulpatra mulpatra mulpatra

सर्वोच्च अदालतले प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । व्यापारीलाई धम्क्याएको आरोपमा हाल प्रहरी हिरासतमा रहेका उनलाई दुई साताअघि सर्वोच्चले रिहा गर्न आदेश दिएको हो ।

दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्चमा हाजिर गराइएको थियो । न्यायाधीशद्वय नहकुल सुवेदी र सारंगा सुवेदीको संयुक्त इजलासले प्रसाईंलाई रिहा गर्न भनेको हो ।
यो मुद्दालाई पनि बदर गराउन ओली प्रयास गरिरहेको पाइन्छ । तर कानुनमा तत्काल त्यस्तो सम्भव नभएका कारण ओली अरु नै नक्कली मुद्दा लगाउन पनि खोजीरहेको सरकारी वकिलहरुले बताएका छन् ।

पछिल्लो पटक प्रसाई पक्राउ परेको समाचार भारतीय मिडियामा समेत चर्चा भयो । भारतीय मिडियाले ओलीले आफनो कम्बोडियामा लगानी भएको ३२ करोड लुकाउन प्रसाईलाई झुटो मुद्दामा फसाउन खोजेको पनि बुझेको छ । भने भारतीय सञ्चारमाध्यम यस विषयले चर्चा र महत्व समेत पाएको छ ।

Image Source: © https://mulpatra.com

प्रसाईलाई पक्रिएर भारतलाई देखाउन खोजेको भातीय पक्षीयको बुझाई छ । यही कारणले पनि ओलीलाई भारतले भ्रमणमा बोलाउन चासो नदिएको हो ।

प्रसाईलाई ओली झुटो मुद्दामा एक महिनाभन्दा बढी हिरासतमा राखेको थियो । उनले हिन्दु राज्यको पक्षमा उठाएको आवाज भारतलाई मन परेको छ ।

साइबर कसुरको आरोपमा उनलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिए पनि उनीमाथि लागेका अन्य आरोपबारे अनुसन्धान गर्नुपर्ने भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हिरासतमै राखेको थियो ।

दुई वर्षदेखि प्रसाईले देशको वेथीतिका बारेमा चर्को आलोचना गर्दै आएका छन् । प्रसाईँले वैंकको ब्याज र किस्तामा छुट गर्न आग्रह गदै देशव्यापी महाअभियान चलाइरहेका थिए । यसको सबैभन्दा ठुलो असर एमाले र केपी ओलीमाथि देखियो ।

प्रसाईले व्यवस्था परिवर्तन गर्ने, २० लाख रुपैयाँसम्मको ऋण मिनाहा हुनुपने, २० लाख रुपैयाँभन्दा माथिको ऋण पनि २० वर्षभित्र ६ प्रतिशत ब्याजदरमा तिर्न पाउनुपर्ने माग राखेका थिए ।

सार्वजनिक रूपमा दिने अन्य अभिव्यक्तिहरूमा पनि प्रसाईँले आफू कुनै पनि स्वार्थ लिएर नेताहरूको पछि नलागेको र अहिले नेताहरूले देश सिध्याउन लागेकाल सडकमा आउनुपरेको दाबी गर्दै आएका छन् । अहिले उनले भनेको प्रमाणित हुँदै गएको हो ।