Close

Recent Posts

नेपाल अफ्रो–एसियाली जनएकता संगठनले ६७ औं स्थापना दिवस मनायो

नेपाल अफ्रो–एसियाली जनएकता संगठनले ६७ औं स्थापना दिवस मनायो
  • १८ पुष २०८१, बिहीबार ११:२१

काठमाडौंः नेपाल अफ्रो–एसियाली जनएकता संगठनले आफ्नो ६७ औं स्थापना दिवस विशेष कार्यक्रमको आयोजना गरी काठमाडौंमा मनाएको छ। कार्यक्रमको अध्यक्षता संगठनका अध्यक्ष पुर्व मन्त्री कृपासुर शेर्पाले गरेका थिए । भने कार्यक्रममा प्रमुख अतिथि सभामुख देवराज घिमिरेले गरेका थिए ।

mulpatra


कार्यक्रममा स्थापना दिवसको महत्त्व र संगठनका उद्देश्यहरूबारे चर्चा गर्न उपप्राध्यापक फुर्वा तेन्जिङ शेर्पाले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रले एशियाली र अफ्रिकी मुलुकहरूको सहकार्य, शान्ति प्रवर्द्धन, र नवऔपनिवेशिकताको विरोधमा संगठनको ऐतिहासिक भूमिकाबारे जानकारी गराएको थियो।


कार्यपत्रमा विशेष रूपमा इजरायल–प्यालेस्टाइन युद्ध र रसिया–युक्रेन युद्धले विश्वलाई द्वन्द्वतर्फ धकेल्दै विश्व युद्ध निम्त्याउने जोखिमबारे चर्चा गरिएको थियो। प्रस्तुत कार्यपत्रले यस्ता युद्धहरूले केवल प्रभावित क्षेत्रहरूमा मात्र नभई सम्पूर्ण विश्वमा अस्थिरता निम्त्याइरहेको स्पष्ट पारेको थियो। साथै, यस्ता द्वन्द्वहरूको दीर्घकालीन प्रभाव नेपालजस्ता साना र शान्तिप्रिय मुलुकहरूमाथि पनि पर्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको थियो।


कार्यपत्रले अबको सम्भावित युद्ध न्युक्लियर युद्ध हुने जोखिम औंल्याउँदै, यसले मानव सभ्यतालाई पूर्ण रूपमा ध्वस्त पार्न सक्ने बताएको थियो। विभिन्न उदाहरण र प्रतिवेदनमार्फत विश्वका जनतामा यस विषयमा रहेको त्रास र त्यसका परिणामहरूलाई उजागर गरिएको थियो। यस्ता युद्धहरूले आर्थिक संकट, खाद्यान्न अभाव, र आप्रवासनको चुनौती नेपालजस्ता देशलाई समेत असर गर्न सक्ने तर्क गरिएको थियो।


प्रस्तुत कार्यपत्रमाथि प्रा।डा। मोहन लोहनी र पूर्वराजदूत तथा राष्ट्रिय सभा सदस्य डा। अन्जान शाक्यले टिप्पणी गरेका थिए। उनीहरूले संगठनको भूमिका अझ सशक्त बनाउँदै नयाँ युगको चुनौतीहरूलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याए।
नेपाल अफ्रो–एसियाली जनएकता संगठन अफ्रो-एसियाली जनताको एकता, शान्ति, र सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापित एउटा संस्था हो। नेपाल अफ्रो–एसियाली जनएकता संगठन सन् १९५८ मा स्थापना भएको अफ्रो–एसियाली जनएकता संगठनको हिस्सा हो। यो संगठनले विशेष रूपमा परमाणु निशस्त्रीकरण, नवऔपनिवेशिकता, साम्राज्यवाद, र विस्तारवादविरुद्ध आवाज उठाउँदै आएको छ।


कार्यक्रममा प्रमुख अतिथि तथा संघिय संसदका सभामुखले नेपाल असलंग्न परराष्ट नीति अवलम्बन गरेको मुलुक पनि युद्धबाट प्रभावित हुँदै आइरहेको हुनाले त्यसबाट बच्न विभिन्न कामहरु गर्न बाँकीरहेको बताएका छन् । नेपालले माओवादीकालमा भोगेका द्धन्द्धका घटनाहरु अझै विर्सन सकिरहेको छैनौ भन्दै युद्ध अन्त्य भएपनि राजनीतिक कामहरु बाँकी रहेकोले त्यसबाट पार पाउन आवश्यक रहेको बताएका छन् ।


शान्ति कायम गर्न असान्ती हुने, असान्ती फैलाउने कुराहरुलाई रोक्न जरुरी हुन्छ भन्दै शान्ति कायम गर्ने सन्र्दभमा कानुनका कमजोरी र अभावका कारण हुन नसकेपनि हाल त्यसलाई टुङ्ग्याउने काममा राज्य लागेको उल्लेख गरेका छन् ।


विश्व परिवेशमा युद्धले सानो ठुलो नभनी गम्भीर असर गर्ने हुन्छ । अझ अब हुनसक्ने सम्भावित युद्धले मानव जाती मात्र होइन सम्पूर्ण प्राणी जगतलाई असर गर्ने भएकोले त्यसबाट बच्न हामीले निशस्त्रीकरणलाई पालना गर्नु जरुरी रहेको बताएका छन् ।
संगठनका अध्यक्ष तथा पुर्व मन्त्री कृपासुर शेर्पाले नेपाल अफ्रो–एसियाली जनएकता संगठनका उद्देश्यहरू बताएका छन् ।

कार्यक्रमको अध्यक्षता गरेका शेर्पाले शान्ति प्रवर्द्धन, सहकार्यको विकास, साम्राज्यवाद र नवऔपनिवेशिकताको विरोध, परमाणु हतियार र युद्धविरोधी अभियान संस्थाको उद्देश्य रहेको बताउँदै यसको महत्वबारे प्रकार पारेका छन् ।


नेपाल अफ्रो(एसियाली जनएकता संगठनले विशेष रूपमा बुद्धको जन्मभूमि नेपाललाई विश्व शान्तिको केन्द्र बनाउने प्रयासमा भूमिका खेल्दै आएको छ। संगठनले नेपालजस्तो शान्तिप्रिय राष्ट्रले अन्तर्राष्ट्रिय मञ्चमा युद्ध र हिंसाको विरोधमा कूटनीतिक पहल गर्नुपर्ने समेत अध्यक्ष शेर्पाले जोड दिएका छन् ।

कार्यक्रममा आप्सोका पुर्व उपाध्यक्ष तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व उपकुलपति डा. विष्णुविभु घिमिरे, आप्सोका महासचिव प्रा.डा. गोपाल पोखरेल, आप्सोका सह अध्यक्ष प्रा.डा. श्रीधर गौतम, आप्सोका सचिव इन्द्र भण्डारी र आप्सोका कोषाध्यक्ष मनिषा थापा लगायतले आफ्ना कुरा राखेका थिए ।