तिब्बत भूकम्पमा अहिलेसम्म ९ जनाको मृत्यु पुष्टि

तिब्बत भूकम्पमा अहिलेसम्म ९ जनाको मृत्यु पुष्टि
  • २३ पुष २०८१, मंगलवार १०:१८

काठमाडौं–आज (मंगलबार) बिहान तिब्बतको सिगात्से सहर केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी अहिलेसम्म ९ जनाको मृत्यु पुष्टि भएको छ ।

mulpatra

सरकारी टीभी च्यानल सीसीटीभीका अनुसार सिगात्सेको डिङ्ग्री काउन्टी केन्द्रबिन्दु भएर गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी ९ जनाको मृत्यु भएको पुष्टि भएको हो । यो क्षति प्रारम्भिक विवरण मात्र हो। विस्तृत विवरण आउन बाँकी छ ।

उक्त भूकम्पको धक्का नेपालको पूर्वी क्षेत्र हुँदै काठमाडौँ उपत्यकासम्म महसुस भएको थियो । नेपालमा भने यहाँको समयअनुसार ६ बजेर ५० मिनेट जाँदा ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिए ।

आजको भूकम्पले नेपालमा पनि क्षति भएको अनुमान गरिएको छ। तर अहिलेसम्म क्षतिका विवरण आइसकेका छैनन् । यस विषयमा बुझ्ने काम भइरहेको स्थानीय प्रशासनले जनाएका छन् ।