भूकम्पपछि चीनले अस्थायी रूपमा बन्द गर्‍ये सगरमाथा क्षेत्र

भूकम्पपछि चीनले अस्थायी रूपमा बन्द गर्‍ये सगरमाथा क्षेत्र
  • २३ पुष २०८१, मंगलवार १४:२२

काठमाडौं–चीनमा मंगलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि चीनले सगरमाथा क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ ।

सगरमाथा (माउन्ट कोमोलाङ्‍मा) क्षेत्र अस्थायी रूपमा बन्द गरिएको हो । चीनमा हालसम्म भूकम्पमा परी ५३ जनाको मृत्यु भएको र ६२ जना घाइते भएको क्षेत्रीय प्रकोप राहत मुख्यालयले जनाएको छ ।

डिङ्ग्री संस्कृति तथा पर्यटन ब्यूरोका अनुसार कोमोलाङ्‍मा क्षेत्रमा होटल भवन र वरपरको क्षेत्र अस्तव्यस्त रहेको र पर्यटक तथा कर्मचारी सुरक्षित रहेका छन् ।

चीनमा भूकम्प ः मृतकको संख्या ५३ पुग्यो, सक्दो उद्धार प्रयास गर्न राष्ट्रपति सीको निर्देशन
डिङ्ग्रीमा रहेको चाइनिज एकेडेमी अफ साइन्सेजको किमोलुङ स्टेसनको विद्युत् कटौती भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले डिङ्ग्रीको तापक्रम माइनस १८ डिग्री सेल्सियसदेखि शून्यभन्दा तलसम्म रहेको जनाएको छ । सगरमाथा क्षेत्रमा नेपालतर्फबाट भने अहिले कुनै गतिविधि हुँदैनन् ।