Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

टेलिसिरियलमा आफनै कथा बोकेका खनालको कलाकारिता यात्रा र संघर्ष

टेलिसिरियलमा आफनै कथा बोकेका खनालको कलाकारिता यात्रा र संघर्ष
  • २४ पुष २०८१, बुधबार ११:२४

काठमाडौं– नेपाली मनोरञ्जन क्षेत्रमा बेग्लै पहिचान वनाएका कलाकार प्रतिभा सुरज खनाल । “अतिभो” टेलिसिरियलदेखि “ख्यालठट्टा”सम्मको यात्राले उनलाई नेपाली टेलिभिजन क्षेत्रमा एउटा पहिचान बनाएका छन् ।

mulpatra

गुल्मी जिल्लाको एक सानो गाउँमा जन्मिएका सुरज खनालले सानैदेखि ठूला सपना देखेका थिए । उनले कलाकारिता क्षेत्रमा अहिले त्यही सपना सावित समेत भएको छ ।

उनको लगनशीलता र सिर्जनशीलताको बलमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको देखिन्छ । संघर्षको पहिलो फल थियो “अतिभो” टेलिसिरियल, जुन नेपाल टेलिभिजनमा २०१ भागसम्म प्रसारण भयो । यसले उनलाई नेपालको कलाकारिता क्षेत्रमा छुटै पहिचान बन्यो ।

mulpatra mulpatra mulpatra

लेखन, निर्देशन, र अभिनयमा खनालको पूर्ण समर्पणले यो कार्यक्रमलाई ग्रामीण समाजका यथार्थ समस्या प्रस्तुत गर्ने उत्कृष्ट माध्यम समेत बनेको छ । उनको हास्यव्यंग्यको शैलीमा सामाजिक चेतना दिन सफल यो सिरियलले दर्शकहरूको मन जित्यो र सुरजलाई नेपाली टेलिभिजनको एक बलियो स्तम्भको रूपमा चिनायो ।

सीमित साधनस्रोत र सहयोगको अभावबीच, उनले काठमाडौंको यात्रा तय गरे । उनको काठमाडौं यात्राले एउटा नयाँ क्षेत्र पहिचानमा बनाउन सहयोग पनि भयो । गुल्मीबाट काठमाडौं आउँदा कोही साथमा थिएन । सबैभन्दा ठूलो कुरा मैले आफ्नो सपना पूरा गर्न आफूलाई विश्वास गरेँ र निरन्तर मेहनत गरिरहेको उनी बताउँछन् ।

“ख्यालठट्टा”को सफलता नयाँ उर्जा दिएको उनले बताए । “म हास्यव्यंग्यलाई मात्र मनोरञ्जनको साधन नभई समाज सुधारको माध्यम बनाउने पक्षमा पनि छु । हास्यरसले भरिएको यो कार्यक्रमले मनोरञ्जनमात्र नभई सामाजिक सन्देश पनि दिएको छ । ”

Image Source: © https://mulpatra.com

हाल सुरज खनालको नेतृत्वमा निर्माण भइरहेको “ख्यालठट्टा” टेलिसिरियलले नेपाली मनोरञ्जन क्षेत्रमा नयाँ उचाइ कायम भएको छ । खनालको कथाले देखाउँछ, “संघर्षबाट सिकेर र मेहनत गरेर हरेक सपना गर्न सकिन्छ भनेर ।

कुनै बेला कसैले मलाई मौका दिएन । त्यसैले अहिले संघर्षरत कलाकारलाई मौका दिन पाउँदा मलाई ठूलो खुसी मिल्छ । नयाँ प्रतिभालाई अगाडि बढाउन म सधैं तत्पर भएको उनले जानकारी दिए । उनका अनुसार मेहनत, लगनशीलता, र समर्पणले असम्भवलाई सम्भव बनाउन सकिन्छ। आफैंमाथि विश्वास गरेर अगाडि बढ्नुपर्छ । सफलताले पछ्याउँछ ।

उनको उद्देश्य भनेको मनोरञ्जनसँगै समाजमा सकारात्मक परिवर्तन ल्याउनु हो । हरेक प्रोजेक्टले केही नयाँ सन्देश उनले दिइरहेका छन् । नेपाली मनोरञ्जन क्षेत्रलाई अझ सशक्त बनाउन र दर्शकलाई सोच्न बाध्य बनाउने कार्यक्रमहरू निर्माण गर्न उनीको सोच छ ।

सिरियल निर्माणबाहेक सुरज खनालले थुप्रै म्युजिक भिडियो र सरकारी विज्ञापनहरू निर्देशन गरिसकेका छन््् । उनका निर्देशनमा बनेका म्युजिक भिडियोहरूले दर्शक र श्रोताहरूलाई भिन्न अनुभव दिलाएका छन् । त्यस्तै, उनले सरकारी स्वास्थ्य र शिक्षा अभियानसम्बन्धी विज्ञापनहरू पनि निर्देशन गरेर सामाजिक परिवर्तनमा योगदान पु¥याएका छन् ।

नेपाली मनोरञ्जन उद्योगमा उनको योगदान र उनीबाट प्राप्त प्रेरणाले धेरैलाई आफ्नो लक्ष्यतर्फ अघि बढ्न प्रेरणा दिएको छ् । सुरज खनालको यात्रा गुल्मीको सानो गाउँदेखि काठमाडौंसम्मको संघर्ष र मेहनतको कथा हो। स्वयंको परिश्रम र दृढतामा विश्वास गरेर उनले यो उचाइ हासिल गरेका छन् ।