Close

Recent Posts

टेलिसिरियलमा आफनै कथा बोकेका खनालको कलाकारिता यात्रा र संघर्ष

टेलिसिरियलमा आफनै कथा बोकेका खनालको कलाकारिता यात्रा र संघर्ष
  • २४ पुष २०८१, बुधबार ११:२४

काठमाडौं– नेपाली मनोरञ्जन क्षेत्रमा बेग्लै पहिचान वनाएका कलाकार प्रतिभा सुरज खनाल । “अतिभो” टेलिसिरियलदेखि “ख्यालठट्टा”सम्मको यात्राले उनलाई नेपाली टेलिभिजन क्षेत्रमा एउटा पहिचान बनाएका छन् ।

गुल्मी जिल्लाको एक सानो गाउँमा जन्मिएका सुरज खनालले सानैदेखि ठूला सपना देखेका थिए । उनले कलाकारिता क्षेत्रमा अहिले त्यही सपना सावित समेत भएको छ ।

उनको लगनशीलता र सिर्जनशीलताको बलमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको देखिन्छ । संघर्षको पहिलो फल थियो “अतिभो” टेलिसिरियल, जुन नेपाल टेलिभिजनमा २०१ भागसम्म प्रसारण भयो । यसले उनलाई नेपालको कलाकारिता क्षेत्रमा छुटै पहिचान बन्यो ।

लेखन, निर्देशन, र अभिनयमा खनालको पूर्ण समर्पणले यो कार्यक्रमलाई ग्रामीण समाजका यथार्थ समस्या प्रस्तुत गर्ने उत्कृष्ट माध्यम समेत बनेको छ । उनको हास्यव्यंग्यको शैलीमा सामाजिक चेतना दिन सफल यो सिरियलले दर्शकहरूको मन जित्यो र सुरजलाई नेपाली टेलिभिजनको एक बलियो स्तम्भको रूपमा चिनायो ।

सीमित साधनस्रोत र सहयोगको अभावबीच, उनले काठमाडौंको यात्रा तय गरे । उनको काठमाडौं यात्राले एउटा नयाँ क्षेत्र पहिचानमा बनाउन सहयोग पनि भयो । गुल्मीबाट काठमाडौं आउँदा कोही साथमा थिएन । सबैभन्दा ठूलो कुरा मैले आफ्नो सपना पूरा गर्न आफूलाई विश्वास गरेँ र निरन्तर मेहनत गरिरहेको उनी बताउँछन् ।

“ख्यालठट्टा”को सफलता नयाँ उर्जा दिएको उनले बताए । “म हास्यव्यंग्यलाई मात्र मनोरञ्जनको साधन नभई समाज सुधारको माध्यम बनाउने पक्षमा पनि छु । हास्यरसले भरिएको यो कार्यक्रमले मनोरञ्जनमात्र नभई सामाजिक सन्देश पनि दिएको छ । ”

हाल सुरज खनालको नेतृत्वमा निर्माण भइरहेको “ख्यालठट्टा” टेलिसिरियलले नेपाली मनोरञ्जन क्षेत्रमा नयाँ उचाइ कायम भएको छ । खनालको कथाले देखाउँछ, “संघर्षबाट सिकेर र मेहनत गरेर हरेक सपना गर्न सकिन्छ भनेर ।

कुनै बेला कसैले मलाई मौका दिएन । त्यसैले अहिले संघर्षरत कलाकारलाई मौका दिन पाउँदा मलाई ठूलो खुसी मिल्छ । नयाँ प्रतिभालाई अगाडि बढाउन म सधैं तत्पर भएको उनले जानकारी दिए । उनका अनुसार मेहनत, लगनशीलता, र समर्पणले असम्भवलाई सम्भव बनाउन सकिन्छ। आफैंमाथि विश्वास गरेर अगाडि बढ्नुपर्छ । सफलताले पछ्याउँछ ।

उनको उद्देश्य भनेको मनोरञ्जनसँगै समाजमा सकारात्मक परिवर्तन ल्याउनु हो । हरेक प्रोजेक्टले केही नयाँ सन्देश उनले दिइरहेका छन् । नेपाली मनोरञ्जन क्षेत्रलाई अझ सशक्त बनाउन र दर्शकलाई सोच्न बाध्य बनाउने कार्यक्रमहरू निर्माण गर्न उनीको सोच छ ।

सिरियल निर्माणबाहेक सुरज खनालले थुप्रै म्युजिक भिडियो र सरकारी विज्ञापनहरू निर्देशन गरिसकेका छन््् । उनका निर्देशनमा बनेका म्युजिक भिडियोहरूले दर्शक र श्रोताहरूलाई भिन्न अनुभव दिलाएका छन् । त्यस्तै, उनले सरकारी स्वास्थ्य र शिक्षा अभियानसम्बन्धी विज्ञापनहरू पनि निर्देशन गरेर सामाजिक परिवर्तनमा योगदान पु¥याएका छन् ।

नेपाली मनोरञ्जन उद्योगमा उनको योगदान र उनीबाट प्राप्त प्रेरणाले धेरैलाई आफ्नो लक्ष्यतर्फ अघि बढ्न प्रेरणा दिएको छ् । सुरज खनालको यात्रा गुल्मीको सानो गाउँदेखि काठमाडौंसम्मको संघर्ष र मेहनतको कथा हो। स्वयंको परिश्रम र दृढतामा विश्वास गरेर उनले यो उचाइ हासिल गरेका छन् ।