न्याय परिषदमा सिफारीस भए खड्का

काठमाडौं । वरिष्ठ अधिवक्ता दामोदर खड्का न्यायपरिषदको सदस्य सिफारीस भएका छन् । नेपाल बार एसोसिएसनले रिक्त रहेको न्याय परिषद्को सदस्यमा उनलाई सिफारीस गर्ने निर्णय गरेको हो ।
शनिबार बसेको बार एसोसिएसनको कार्यसमितिको बैठकले अधिवक्ता खड्कालाई सर्वसम्मतले सदस्यका लागि सिफारीस गरेको छ ।
बारले खड्काको नाम सिफारीस गरेपनि संसदीय सुनुवाई पश्चात मात्र उनी सदस्य हुनेछन् । रामप्रसाद श्रेष्ठको पुष १५मा अवकास पछि रिक्त रहेको सदस्य पदमा खड्का परेका हुन् ।