मृत्युपत्र
मस्तिष्कमा पिलपिल गरिरहेको
पुरातन विचारहरु
अस्तित्वको संघर्षमा युद्धरत रहँदा
बन्दुकको नालबाट निस्किएको गोलीसँगै
पुन गर्वाधारण गर्न विवश छन ।
मस्तिष्क भित्र भु्रणहरु ।

हरियालीमा नाच्ने पहाडहरु
शिर ठाडो पारी हास्ने हिमालहरु
स्वखलीत अनुहार लिएर
बन्दुक र बारुदको धुँवासँगै
रुन्चेहाँसो हाँस्न विवस छन्
मेरा भावनाहरु ।
स्वच्छन्द आकाशमा
चिसो हावाको झोकासँगै बग्ने चेतनाहरु
फलामको जंजिरभित्र
संगिनहरुले घोचीरहँदा
तडपिरहेछन् आत्माहरु
त्यसभन्दा पनि भित्र भित्र
सलबलाउन थालेका छन
बेकामे भ्रुणहरु ।
![]() |
![]() |
![]() |
|---|
अस्थिपञ्जरहरु शरिरको उदाहरण बनेर
फैलीरहेछन वरीपरि
अनि
निरीह मस्तिष्कमा भ्रुण छर्दै
नरपिसाच नाचिरहेछन घरिघरि
मेरा मस्तिष्कमा
मानव रुपी अस्थिपञ्जरहरु
आफ्ना भ्रुण जन्माउन खोज्दैछन्
संगिनले घोचेर
म मेरो बलवुताले भ्याएसम्म
त्यसका विरुद्ध
संघर्ष गर्दैै आइरहेँ ।
तर
अब म मा प्रतिरोध गर्ने सामथ्र्य
मेरो मस्तिष्कले घटाएर लगिरहेको छ
मेरो मस्तिष्क फुलेर आउँदैछ
आङ सिरिङ्ग हुन्छ
म मानव रुपी अस्थिपञ्जरलाई
कसरी जन्माउँ ?
यो कदापी हुनै सक्दैन
त्यसैले म मृत्युपत्रमा हस्ताक्षर गर्दैछु ।



