प्रतितोला १ हजार २ सय सुनको भाउ वृद्धि

प्रतितोला १ हजार २ सय सुनको भाउ वृद्धि
  • ३ माघ २०८१, बिहीबार १०:४५

काठमाडौं– बिहीबार पनि सुनको भाउ वृद्धि भएको छ । आज प्रतितोला १ हजार २०० रुपैयाँ वृद्धि भएको छ ।

mulpatra

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ १ लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधवार भने १ लाख ५५ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि ह्वात्तै वृद्धि भएको छ । आज तोलामा ५० रुपैयाँ वृद्धि भई १ हजार ८८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने १ हजार ८३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

mulpatra mulpatra mulpatra