सत्ता नेतृत्व निकम्मा हुँदा,देशभर २ लाख ३० हजार व्यापारिक सटर खाली:प्रसाई
काठमाडौं– राष्ट्र राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपालको अर्थतन्त्र जर्जर बन्दै गइरहेको औंल्याएका छन् ।

सरकारको नेतृत्वसँग योजना नहुँदा अथवा व्यवसायीसँग करमा मात्र लिँदा देशमा २ लाख ३० हजारभन्दा बढी व्यापारिक सटर खाली भएको प्रसाईले जानकारी दिए।
उनले आफनो महाअभियानले तीन वर्षयता यही विषयमा जोडदार आवाज उठाउँदै आएका छन् । देशमा व्यापार र व्यवसायी ठप्प हुने अवस्था पुगेको छ । यस विषयमा सरकारको नेतृत्वले चासो नदिँदा अर्थतन्त्रमा स्वार्थ समुहको हलीमुली भइरहेको प्रसाईको आरोप छ ।
केही दिन अगाडी प्रसाईले नेपालको अर्थतन्त्रको ठुलो हिस्सा बोेकेका क वर्गका ११ वटा बैंक डुब्ने अवस्थामा पुगेका छन् । बैंकको नाम नखुलाई प्रसाईले भनेजस्तै केही क वर्गका बैंकहरु आफनो लगानी र शेयर बिक्री गरेर भाग्ने तयारीमा रहेको पनि वैकिङ क्षेत्रकै व्यक्तिहरुले बताइरहेका छन् ।
![]() |
![]() |
![]() |
|---|
नेपालमा मारवाडीहरुको सञ्चालन गरेका बैंकको अवस्था नाजुक रहेको र उनीहरुले बैंकसँग शेयरमा रहेको आफनो लगानी लिएर भाग्ने तयारी गरिरहेको व्यवसायीहरुले बताइरहेका छन् । प्रसाईले तीन वर्षयता देशको आर्थिक अवस्थामाथि भइरहेको विकृतिका बारेमा आवाज उठाउँदै आएका छन् ।
काठमाडौँमा उपत्यकाभित्र मात्र करिव १ लाख २५ हजार व्यापारिक सटर बन्द भएका छन् । देशभर करिब सा–ठुला गरेर २ लाख ३० हजारभन्दा बढी व्यवसाय बन्द भएको सूचना सकंलन भएको प्रसाईको दाबी छ । उनका अनुसार देशका मुख्य व्यापारिक सहरभित्रै घर, मल र ठुला डिमाप्टमेन्टहरु खाली भइरहेका छन् ।
यो संख्या बढेर वैशाखसम्म ३ लाखभन्दा बढ्ने उनको अनुमान छ । देशभित्र व्यवसाय गर्नुभन्दा व्यवसाय छाडेर विदेशी जाने सोचमा धेरै नागरिक रहेको उनको दाबी छ । जनताका समस्या मैलेभन्दा बढी अरुले कहाँ बुझेका छन् । त्यही भएर म व्यवस्था परिवर्तनका लागि लडेको उनले जानकारी दिए ।
Image Source: © https://mulpatra.com
२०७९÷८० मा विदेश जाने युवाको संख्या ७ लाख ७१ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा बढी ८ लाख ७१ हजार ३ सय २७ जना श्रमिक श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । यी श्रमिकले विदेशबाट पठाएको १५ खर्बभन्दा बढी रेमिट्यान्सले देश चलेको छ ।
वैदेशिक रोजगारीमा जाने कामदारलाई सरकारले उपेक्षा समेत गरिरहेको प्रसाईको आरोप छ । काठमाडौंका मुख्य व्यापारिक केन्द्रका सटर खाली हुनुलाई सरकारले सामान्य सोचेको छ । तर यो देशका लागि खतरा भएको प्रसाईको विलेशष्ण छ ।
दैनिक त्रिभुवन विमानस्थल खचाखच भरिएको छ । युवाहरू देशमा अवसर नपाएको भन्दै वैदेशिक रोजगारीमा गइरहेका छन् । देश युवाबिन भइरहेको छ । यस विषयमा नेपाल मुख्य राजनीतिक दलले चिन्ता नगरेको उनको आरोप छ ।
एनआईसी एसिया बैंकअन्तरर्गतको विशाल ग्रुपले कौडीको भाउमा बेच्दैछ र त्यही रकम लिएर भाग्ने तयारीमा गरिरहेको बैकिङ व्यवसायीहरु नै बताउँछन् । यस्तै ११ वटा क वर्गका बैंक डुब्ने अवस्थामा गएपनि सरकारको नेतृत्वमा पुगेका प्रधानमन्त्रीदेखि मन्त्रीसम्म मौन बसेका छन् । अब यस विषयमा जनताले खबरदारी गर्नुपर्ने प्रसाईको अपिल छ ।



