इजरायलले सार्वजनिक गर्‍यो हमासले रिहा गर्नुपर्ने ३३ जनाको सूची, परेनन् विपिन

इजरायलले सार्वजनिक गर्‍यो हमासले रिहा गर्नुपर्ने ३३ जनाको सूची, परेनन् विपिन
  • ६ माघ २०८१, आईतवार १७:०६

काठमाडौं– प्यालेस्टाइनी विद्रोही समूह हमास र इजरायलबीचको युद्धविरामका क्रममा हमासले रिहा गर्नुपर्ने ३३ जनाको सूची इजरायलले सार्वजनिक गरेको छ । इजरायलले सार्वजनिक गरेको यो सूचीमा नेपालका विपिन जोशीको नाम छैन ।

mulpatra

युद्धविराम सम्झौताको पहिलो चरणमा हमासद्वारा रिहा गरिने इजरायली बन्धकहरूमा अक्टुबर ७ मा हमासले अपहरण गरेका सबैभन्दा कान्छा र सबैभन्दा पाका बन्धकहरू समावेश छन् ।

इजरायलको आधिकारिक सामाजिक सञ्जाल एक्सको अकाउन्टमा पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको नामसहितको तस्वीर साझा गरिएको छ ।