Close

अमेरिकामा ट्रम्पले कार्यकारी आदेशबाट टीकटक खोल्ने बताएपछि चल्न थाल्यो

अमेरिकामा ट्रम्पले कार्यकारी आदेशबाट टीकटक खोल्ने बताएपछि चल्न थाल्यो
  • ७ माघ २०८१, सोमबार ०९:३८

काठमाडौं– अमेरिकी राष्ट्रपतिमा आजबाट कार्यभार सम्हाल्ने डोनाल्ड ट्रम्पले टीकटक प्रतिबन्ध खोल्न कार्यकारी आदेश दिने बताएसँगै टीकटक अनलाइन भएको छ ।

mulpatra

जनवरी १९ मा अफलाइन भएको टीकटक ट्रम्प प्रतिबद्धता पछि अनलाइन भएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ । आइतबार टीकटकले कि अमेरिकी कम्पनी लाई बेच्नुपर्ने कि सेवा बन्द गर्नुपर्ने कानुनको म्याद सुरु हुन लाग्दा शनिवारबाटै टीकटक अफलाइन भएको थियो।

सन २०२४ अप्रिल २४ मा लागु भएको कानुनको प्रावधान सुरु गर्ने अन्तिम मिति बाइडेन कार्यकालको अन्तिम दिन अर्थात् जनवरी १९ सम्म रहेको थियो । बीबीसीका अनुसार अ मेरिकामा १७ करोड टीकटक प्रयोगकर्ता छन् ।

mulpatra mulpatra mulpatra

ट्रम्पले टीकटक खोल्ने प्रतिबद्धता दिएपछि टीकटकले एक जानकारी सार्वजनिक गरेर ट्रम्पलाई ‘दीर्घकालीन’ टीकटक सञ्चालनबारेमा ‘प्रस्टता र प्रतिबद्धता’ दिएकोमा ‘धन्यवाद’ भनेको छ ।

आजको शपथमा टीकटक सीइओ सु चिउलाई पनि ट्रम्पले निम्तो दिएका छन् । शुक्रवार ट्रम्प र चिनियाँ राष्ट्रपतिको फोन कुरामा पनि टीकटक मुद्दा आएको ट्रम्पले सार्वजनिक गरेका थिए ।