Close

Recent Posts

छेडियो सिद्धबाबा सुरुङ, प्रधानमन्त्री ओलीले गरे ‘ब्रेक थ्रु’

छेडियो सिद्धबाबा सुरुङ, प्रधानमन्त्री ओलीले गरे ‘ब्रेक थ्रु’
  • ११ माघ २०८१, शुक्रबार १५:१९

काठमाडौंसिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ। प्रधामन्त्री केपी शर्मा ओलीले भर्चुअल रुपमा सिद्धार्थ राजमार्गको सुरुङ ‘ब्रेक थ्रु’ गरेका हुन्।

mulpatra

१ किलोमिटर ८९ मिटर लम्बाइको सुरुङमार्ग छिचोलिएको हो। ३ वटा बाइपास यसअघि नै छिचोलिसकिएको थियो। सुरुङमार्ग दक्षिण र पूर्वबाट खनेर पूरा गरिएको छ। ब्लास्टिङ विधिबाट सुरुङमार्ग छेदन गरिएको आयोजनाले जनाएको छ।

२०७८ जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आह्वान गरी उक्त सुरुङमार्गको ठेक्का लगाएको थियो। सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोडमा ठेक्का लिएको थियो।

mulpatra mulpatra mulpatra

आयोजनाका अनुसार सुरुङमार्ग ब्रेक थ्रु भए पनि गाडी कुद्न अझै एक वर्ष बढी लाग्नेछ। सुरुङमार्गको कुल भौतिक प्रगति ४०.१८ प्रतिशत हुँदा वित्तीय प्रगति ३९.९० प्रतिशत छ। सुरुङमार्गको काम २०८३ सालमा सक्ने योजना छ।