Close

Recent Posts

गिरी निर्देशित ‘डल्लेले इन्ट्री मार्‍यो’ अर्को साल लक्ष्मी पुजाँका दिन हलमा, पारिश्रमिककाे पनि चर्चा

गिरी निर्देशित ‘डल्लेले इन्ट्री मार्‍यो’ अर्को साल लक्ष्मी पुजाँका दिन हलमा, पारिश्रमिककाे पनि चर्चा
  • १३ माघ २०८१, आईतवार ११:२६

काठमाडौं– राजु गिरीको निर्देशनमा बन्न लागेको फिल्म ‘डल्लेले इन्ट्री मा¥यो’ आगामी वर्षको लक्ष्मी पुर्जाका दिन प्रदर्शन हुने भएको छ । यस विषयमा गिरी आफनो सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । उनले आफनो फेसबुकमा पोस्टर सार्वजनिक समेत गरेका छन ।

mulpatra

नेपालमा फिल्मको व्यापारभन्दा कलाकारको पारिश्रमिक ज्यादा बढिरहेको हुन्छ । अहिले गिरीले उक्त फिल्म ३५ लाख पारिश्रमिक सागर लम्साल ‘बले’लाई दिएको चर्चा छ । म्यूजिक भिडियो र टेलिसिरियलका कलाकार पनि फिल्ममा सुनबराबर भएका छन् । सागर लम्साल ‘बले’ यसको उदाहरण भएको पनि चर्चा छ ।

कुनै बेला फिल्म बन्ने बजेट अहिले एउटा चलेको कलाकारलाई पारिश्रमिक पनि नपुग्ने अवस्था छ । हुँदाहुँदा हालै उनले एक फिल्ममा बुझेको पारिश्रमिक चर्चाको विषय बनेको छ । यसको पृष्टि निर्देशक गिरी स्वयंले गरेका छन् । उनी फेसबुकमा लेख्छन्, ‘मैले सागरजीलाई ३५ लाख तिरेँ त के भयो ?’ उनले सागरलाई अबको ‘स्टार’ देखेर उक्त पारिश्रमिक तिरेका हुन् रे !

mulpatra mulpatra mulpatra

हास्य सिरियल ‘सक्किगोनि’मा जानुअघि उनले केही फिल्ममा काम गरे पनि करिअर सुखद थिएन । सिरियलको ‘बले’ चरित्रले भने उनलाई लोकप्रियता दिलायो । र, यसपछि म्यूजिक भिडियोमा चम्किए ।

नेपालको हकमा कलाकारलाई ३५ लाख पारिश्रमिक उल्लेख्य हो । त्यसो त ५० लाख पारिश्रमिक लिने कलाकार पनि छन् । तर, सागर फिल्ममा चलेका कलाकार होइनन् । अब फिल्ममा ‘महंगा नायक’ बनेका सागरले बक्स अफिसमा आफूलाई प्रमाणित गर्नुपर्नेछ । त्यो हुँदा उनले ३५ लाख पारिश्रमिक लिएको पनि सार्थक हुनेछ । नभए त्यही पारिश्रमिक उनको खिसिटिउरी गर्ने विषय बन्नेछ ।