गिरी निर्देशित ‘डल्लेले इन्ट्री मार्‍यो’ अर्को साल लक्ष्मी पुजाँका दिन हलमा, पारिश्रमिककाे पनि चर्चा

गिरी निर्देशित ‘डल्लेले इन्ट्री मार्‍यो’ अर्को साल लक्ष्मी पुजाँका दिन हलमा, पारिश्रमिककाे पनि चर्चा
  • १३ माघ २०८१, आईतवार ११:२६

काठमाडौं– राजु गिरीको निर्देशनमा बन्न लागेको फिल्म ‘डल्लेले इन्ट्री मा¥यो’ आगामी वर्षको लक्ष्मी पुर्जाका दिन प्रदर्शन हुने भएको छ । यस विषयमा गिरी आफनो सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । उनले आफनो फेसबुकमा पोस्टर सार्वजनिक समेत गरेका छन ।

नेपालमा फिल्मको व्यापारभन्दा कलाकारको पारिश्रमिक ज्यादा बढिरहेको हुन्छ । अहिले गिरीले उक्त फिल्म ३५ लाख पारिश्रमिक सागर लम्साल ‘बले’लाई दिएको चर्चा छ । म्यूजिक भिडियो र टेलिसिरियलका कलाकार पनि फिल्ममा सुनबराबर भएका छन् । सागर लम्साल ‘बले’ यसको उदाहरण भएको पनि चर्चा छ ।

कुनै बेला फिल्म बन्ने बजेट अहिले एउटा चलेको कलाकारलाई पारिश्रमिक पनि नपुग्ने अवस्था छ । हुँदाहुँदा हालै उनले एक फिल्ममा बुझेको पारिश्रमिक चर्चाको विषय बनेको छ । यसको पृष्टि निर्देशक गिरी स्वयंले गरेका छन् । उनी फेसबुकमा लेख्छन्, ‘मैले सागरजीलाई ३५ लाख तिरेँ त के भयो ?’ उनले सागरलाई अबको ‘स्टार’ देखेर उक्त पारिश्रमिक तिरेका हुन् रे !

हास्य सिरियल ‘सक्किगोनि’मा जानुअघि उनले केही फिल्ममा काम गरे पनि करिअर सुखद थिएन । सिरियलको ‘बले’ चरित्रले भने उनलाई लोकप्रियता दिलायो । र, यसपछि म्यूजिक भिडियोमा चम्किए ।

नेपालको हकमा कलाकारलाई ३५ लाख पारिश्रमिक उल्लेख्य हो । त्यसो त ५० लाख पारिश्रमिक लिने कलाकार पनि छन् । तर, सागर फिल्ममा चलेका कलाकार होइनन् । अब फिल्ममा ‘महंगा नायक’ बनेका सागरले बक्स अफिसमा आफूलाई प्रमाणित गर्नुपर्नेछ । त्यो हुँदा उनले ३५ लाख पारिश्रमिक लिएको पनि सार्थक हुनेछ । नभए त्यही पारिश्रमिक उनको खिसिटिउरी गर्ने विषय बन्नेछ ।