Close

Recent Posts

रास्वपाका सभापति रवि लामिछाने १ करोड धरौटी बुझाएर रिहा

रास्वपाका सभापति रवि लामिछाने १ करोड धरौटी बुझाएर रिहा
  • १३ माघ २०८१, आईतवार २१:५०

काठमाडौं । सुप्रिम सहकारी ठगी मुद्धामा रवि लामिछाने १ करोड धरौटी बुझाएर रिहा भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने ले बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।

mulpatra


आइतबार जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले १ करोड धरौटीमा लामिछानेलाई रिहा गर्न आदेश दिएका थिए।


दुई पक्षका वकिलको बहसपछि लामिछानेलाई धरौटीमा छाड्न आदेश भएको जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ती ज्ञवालीले बताए ।

mulpatra mulpatra mulpatra


अदालतले “मिसिलमा संलग्न तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादी आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई यी प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ बमोजिम रु एक करोड नगद धरौट जेथा जमानत वा सर्तरहित (अन कन्डिसनल) बैंक ग्यारेन्टी दिएमा लिई तारेखमा राख्नू । सो बुझाउन नसकेमा कानुनबमोजिमको थुनुवा पुर्जी दिई थुनामा राख्न स्थानीय कारागारमा पठाउनू,” आदेशमा भनेको छ ।