Close

Recent Posts

बुढानीलकण्ठमा ‘विप्लवको ‘सी व्यापार केन्द्र’ खुल्यो

बुढानीलकण्ठमा ‘विप्लवको ‘सी व्यापार केन्द्र’ खुल्यो
  • १४ माघ २०८१, सोमबार १५:५५

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौँको बुढानीलकण्ठमा ‘सी व्यापार केन्द्र’ सञ्चालनमा ल्याएको छ ।

mulpatra

सोमबार पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र विप्लवले रिबन कोटेर व्यापार केन्द्रको औपचारिक उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ,नेपाल समाजवादीका गंगानारायण श्रेष्ठ लगायतको उपस्थिति थियो । प्रारम्भिक रुपमा अहिले एउटा पसलबाट सुरु भएको र त्यसलाई विस्तारै काठमाडौँ उपत्यकाका धेरै ठाउँमा सञ्चालनमा ल्याइने बताइएको छ। व्यापार केन्द्रमा अहिले चामल, तेल, सिमी लगायतका वस्तु हुनेछन् ।

mulpatra mulpatra mulpatra

व्यापार केन्द्र पूर्णक्षमतामा सञ्चालनमा आएपछि नेकपाले उत्पादन गरेका धान, मकै, आलु, मह, सिमी, मास, फापर, गार्मेन्टका कपडा लगायतका वस्तु राखिने छ । नेकपाको गत मंसिर २७ देखि पौष २ गतेसम्म कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा बसेको केन्द्रीय समिति बैठकले व्यापार केन्द्र खोल्ने निर्णय गरेको थियो ।

विप्लव नेतृत्वको नेकपाले देशभर करिब १५० विघा भन्दा बढी क्षेत्रमा सामूहिक खेती गर्दै आएको छ। अहिले चितवन, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली लगायतका जिल्लामा नेकपाले खेती गरिरहेको छ ।