Close

Recent Posts

अमेरिकामा तीन दिनमा तीन हवाई दुर्घटना

अमेरिकामा तीन दिनमा तीन हवाई दुर्घटना
  • १९ माघ २०८१, शनिबार १३:१९

काठमाडौं । अमेरिकी आकाशमा तीन दिनमा तीनवटा हवाईजहाज दुर्घटनामा परेका छन् । आज पेन्सिलभेनियास्थित फिलाडेल्फियामा एउटा निजी विमान दुर्घटनामा परेको छ । गत बिहिबार अमेरिकाको रेगन वासिङटन विमानस्थल पुग्न लाग्दा विमान र सैनिक हेलिकोप्टर आकाशमा जुधेका थिए ।

mulpatra

आज भएको दुर्घटनामा विमानमा सवार सबै छ जनाको मृत्यु भएको अमेरिकी सन्चार माध्यमहरुले बताएका छन । विमानमा चार जना चालक दलका सदस्य एक जना बिरामी बालक र बालकको हेरचाहका लागि एक जना सवार थिए।

विमान तीव्र गतिमा खसेर घना बस्ती भएको सहरमा बजारिएको थियो । तत्कालै जहाजमा आगो लागेर विस्फोट भएको थियो ।

तीन दिन अघि भएको दुर्घटनामा जहाजमा सवार सबै ६० यात्रुको मृत्यु भएको थियो । सैनिक हेलिकप्टरसँग जुधेपछि जहाज पोटोमाक नदीमा दुर्घटनाग्रस्त भएको थियो ।