Close

Recent Posts

कूचोसंघको साधारण सभा विविध कार्यक्रम गर्दै सम्पन्न

कूचोसंघको साधारण सभा विविध कार्यक्रम गर्दै सम्पन्न
  • १९ माघ २०८१, शनिबार २०:५७

काठमाडौं । नेपाल कूचो संघको तेश्रो साधारण सभा ललितपुरको गोदावरीमा सम्पन्न भएको छ । राजकुमार कार्की को अध्यक्षता मा सम्पन्न भएको साधारण सभासँगै सामुहिक बनभोजको समेत आयोजना गरिएको थियो। कार्यक्रमको उद्घाटन हस्तनिर्मीत कुचोको डिजाईन प्रदर्शनीबाट गरिएको थियो।

mulpatra

कार्यक्रम मा प्रमुख अतिथी कृषि उधम केन्द्र का सभापति डि बी बस्नेत, विशिष्ट अतिथि रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज चापागाई र अतिथिका रुपमा नेपाल अलैची व्यवसायी महासंघका प्रतिनिधि टंक कट्टेल रहेका थिए ।

संघका अध्यक्ष राजकुमार कार्कीले संघको गतिविधि सँगै नेपालमा कूचो व्यवसायले अर्थतन्त्रमा पार्नसक्ने सकारात्मक प्रभावका बारेमा आफ्ना धारणा राखेका थिए । बार्षिक ३ अर्ब भन्दा बढीको कूचो उत्पादन हुने र त्यसलाई व्यवसायीकरण गर्दा अझ बढाउन सकिने भएको हुनाले रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका रहेको समेत बताएका छन ।

mulpatra mulpatra mulpatra

कार्यक्रमका प्रमुख अतिथी कृषि उधम केन्द्र का सभापति डि बी बस्नेत ले भाबि दिनहरुमा कुचो संघ ले उठाएका मुद्धाहरुमा हातेमालो गरेर अघि बड्ने बताएका छन् ।

कार्यक्रम का बिशिष्ट अतिथी रुद्राक्ष ब्यबसायी संघ का अध्यक्ष मनोज चापागाई र अतिथी नेपाल अलैची ब्यबसायी महासंघ का केन्द्रिय सदस्य टंक कट्टेल ले स्थापना को छोटो समय मा ब्यबसायी र उधमी हरु का समस्याहरु उपर कुचो संघ ले महत्वपुर्ण भुमिका खेलेको मा प्रशंसा गरेका थिए।

कार्यक्रममा संघ का सदस्यहरु शुरेश चौधरी र प्रदिप वाईबा ले संघ को बारेमा आफ्ना धारणा राखेका थिए । संघ का महासचिब धनपति पोखरेल बार्षिक प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष रुष्मा खतिवडाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । दुबै प्रतिवेदनलाई साधारण सभाले सर्वसम्मतले पारित गरेको छ ।

Image Source: © https://mulpatra.com

सो अवसर मा ४० बर्ष देखी का पुराना बिरगन्ज का ब्यबसायी राधाकृष्ण शाह लाई संघ ले सम्मान गरेको थियो ।संघ का सचिब शुशिल गौतम ले स्वागत गरेको कार्यक्रम मा संघ का उपाध्यक्ष रबिन्द्र खड्का ले धन्यबाद प्रकट गरेका थिए।


कूचोको कच्चा पदार्थका रुपमा रहेको अम्रिसो उत्पादनमा झापा, इलाम, पाँचथर, ताप्लेजुंग अग्रणी रुपमा रहेकोले अध्यक्ष कार्कीले संघको दोश्रो राष्ट्रिय अधिबेशन झापा को धुलाबारी मा गर्ने घोषणा समेत गरेका छन् ।