खाद्यान्न आयात गर्नुपर्ने दुःखद कुरा हो: प्रचण्ड
गुल्मीको धुर्कोट । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा खाद्यान्न आयात गर्नुपर्ने अवस्था दुःखद भएको बताएका छन् ।

हिजो गुल्मीको धुर्कोट गाउपालिकामा शहिद शमसेर स्मृती पार्कको उद्घाटन गर्दै प्रचण्डले यो नेपालका लागि चुनौतीको विषय भएको समेत जानकारी गराए । ‘हाम्रा बा बाजेहरु, हाम्रा आमाहरुले जसरी खेतीपाती गर्थें, हामी खाद्यान्न आयात गर्नु पर्दैन थियो, बरु खाद्यान्न निर्यात गथ्र्यौं, विदेशमा त्यसबाट राम्रो आय आर्जन हुन्थ्यो’, उनले भने, ‘अहिले ५०÷६० वर्ष विकासका ठूल्ठूला कुरा गरेपनि हामी खाद्यान्न आयात गर्नुपर्ने अवस्थामा पुगेका छौं , यो हामी सबैको निम्ति बडो दुःखद कुरा र बडो चुनौतीको कुरा हो ।’
त्यसकारण एक पटक हामी सबै फर्केर आत्मनिर्भरता तिर, स्थानीय तहबाट नै उत्पादन बृद्धि तिर, शिक्षामा पनि देशभक्तिपूर्ण शिक्षा तिर लाग्नुपर्ने उनको भनाइ छ । ‘नेपालमा धेरै चिज छ, तराई, पहाड, हिमाल, हाम्रो जल, जमिन, जडिबुटी हामीकहा“ धेरै चिज छ’, उनले थपे, ‘तर एउटा शंकल्प एउटा मानसिकताको विकास, देशप्रति प्रेम, आफ्नै जमिन र आफ्नै माटोबाट उत्पादन बृद्धि गर्ने शंकल्पको आवस्यकता छ ।’
दाहालले सुशासन, सामाजिक न्याय र आर्थिक विकास आजको राष्ट्रिय आवस्यकता भएको समेत बताउनुभयो । देश भ्रष्टाचारले नेपालको समग्र संरचना नै क्षतविक्षत भएको टिठलाग्दो अवस्था भएको भन्दै उहाले त्यसमा गम्भिर हुन जरुरी भएको समेत बताएका छन् ।
‘भ्रष्टाचारले नेपालको समग्र संरचना नै क्षतविक्षत भएको बडो टिठलाग्दो स्थिती छ’, उनले भने । अध्यक्ष प्रचण्डले अमेरिकाबाट आप्रबासीहरु देशबाट निकाल्ने र मध्यपूर्वमा बेला बेलामा युद्ध भड्कीने र त्यहा“ गएका लाखौं नेपालीहरु नेपाल फर्किनुपर्ने बाध्यता आउनपनि सक्ने भएकोले देशभित्र आर्थिक समृद्धिका लागि राम्रो तयारी गर्नुपर्ने बताए। ‘यदी हामीले देशभित्र राम्रो तयारी गरेनौं र हामीले उत्पादन र उत्पादकत्व बृद्धि गरेर आत्मनिर्भर हुने दिशातिर राम्रो तयारी गरेनौं भने कुनैपनि बेला ठूलो अप्ठ्यारोमा परिन्छ ।’ उनको बुझाइ छ ।
