नेपाली क्रिकेट मुख्य प्रशिक्षकका लागि खुल्यो आवेदन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पुरूष राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक माग गरेको सुचना निकालेको छ ।
क्यानले ईसीबी वा क्रिकेट अस्ट्रेलियाको लेभल ३ वा सो सरहको मान्यता भएको योग्यतासहित ५ वर्षको प्रशिक्षण अनुभव भएको, एसोसियट राष्ट्रको खेल गतिविधिबारे जानकार भएको व्यक्ति माग गरेको छ ।
भरखरै सकिएको भारतीय प्रशिक्षक मोन्टी देशाईसँगको दुई वर्षे सम्झौता नवीकरण नगरेपछि रिक्त रहेको प्रशिक्षकमा क्यानले सूचना जारी गरेको हो ।