Close

Recent Posts

खोटाङको हलेसी बजारमा आगलागी आगो नियन्त्रण बाहिर

खोटाङको हलेसी बजारमा आगलागी आगो नियन्त्रण बाहिर
  • ४ फाल्गुन २०८१, आईतवार २३:०३

काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–७ स्थित हलेसी बजारमा आगलागी भइरहेको छ। आइतबार साँझ सात बजेतिर स्थानीय पदम राईको ग्यास पसलबाट आगो शुरु भएको थियो । आगलागीमा पदम राई र उनका छिमेकी ऐराख राईको घर जलेर नष्ट भइसकेको छ ।

mulpatra


पानीको सँधै अभाव झेलीरहेको हलेसी बजारमा आगो लागेपछि नियन्त्रण बाहिर गइरहेको स्थानीयले सामाजिक सन्जालमा जनाएका छन् । आगो फैलिएपछि अन्य २ होटल र निर्धन उत्थान लघुवित्तको कार्यालय पूर्ण क्षति भएको विवरण आएको छ ।

आगो नियन्त्रणका लागि दमकल नहुँदा समस्या भएको छ । हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राईका अनुसार हलेसी तुवाचुङ नगरपालिकामा दमकल नभएकाले ट्र्याक्टरमार्फत पानी बोकेर आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

mulpatra mulpatra mulpatra


आगो निभाउन जिल्लाबाट डीएपी प्रतीक विष्ट नेतृत्वको टोली र सशस्त्र प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।