Close

Recent Posts

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आज देखि सुरू हुँदै

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आज देखि सुरू हुँदै
  • ५ फाल्गुन २०८१, सोमबार ०७:३९

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा चार देश सम्मिलित ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आज देखि शुरु हुँदैछ । दशरथ रंगशालामा सुरु हुने सो प्रतियोगितामा नेपाल, म्यानमार, लेवनान र कीर्गिस्तान सहभागी हुनेछन् ।

mulpatra

आज उद्घाटन खेल म्यानमार र लेवनानबीच हुनेछ र साँझ छ बजे नेपाल र कीर्गिस्थानबीच खेल हुनेछ । आज शुरु भएर प्रतियोगिता फागुन १४ गतेसम्म सन्चालन हुनेछ । आज नेपालको प्रतिस्पर्धी रहेको कीर्गिस्थान फिफा वरियतामा नेपाल भन्दा तल छ । नेपाल १०३ स्थानमा छ भने कीर्गिस्थान १२८ स्थानमा छ ।


प्रतियोगिताका खेलहरू राउन्ड रोबिन आधारमा खेलाइनेछ। शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ।
प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ ५०० र भिआइपीतर्फ एक हजार तोकिएको एन्फाले जनाएको छ ।

mulpatra mulpatra mulpatra

नेपाली टोली
एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी, मनमाया दमाई, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरू लिम्बु, सविता राना मगर, रेनुका हमाल, सुष्मा तामाङ, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल