Close

Recent Posts

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात
  • ५ फाल्गुन २०८१, सोमबार २०:१३

काठमाडौं । आज सुरु भएको चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा कीर्गिस्थान लाई १–० को अग्रतामा नेपाल विजय भएको छ ।

mulpatra


दशरथ रंगशालामा भएको खेलको दशौं मिनेटमा नेपालले पहिलो गोल गरेको थियो । सविता राना मगरेको पासमा विमला चौधरीले हेडमार्फत गोल गर्न सफल भएकी थिइन् । सोही गोलले नै नेपाल बिजयी बन्न पुगेको छ । जितसँगै नेपालले तीन अंक हासिल गरेको छ ।


पहिलो हाफको इन्जुरी समयमा नेपालकी रश्मी घिसिङले प्रहार गरेको बल पोष्टमा लागेर फर्किएको थियो । फेरी सविता रानाले प्रहार गरेको बलपनि बारमा लागेर फर्किएको थियो ।

mulpatra mulpatra mulpatra


आज देखि सुरुहुने प्रतियोगितामा नेपाल, म्यानमार, लेवनान र कीर्गिस्तान सहभागी भएका छन् । आजै भएको म्यानमार र लेवनानबीचको खेलमा म्यानमारले ३÷१ को जीत निकालेको थियो ।


फिफा वरियतामा नेपाल भन्दा कीर्गिस्थान तल रहेको छ । नेपाल १०३ अंकमा छ भने कीर्गिस्थान १२८ औं स्थानमा छ । प्रतियोगिताका खेलहरु राउन्ड रोबिन आधारमा खेलाइने छ ।


नेपाली टिममा एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी, मनमाया दमाई, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरू लिम्बु, सविता राना मगर, रेनुका हमाल, सुष्मा तामाङ, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल रहेका छन् ।

Image Source: © https://mulpatra.com