युएसएड पछि रोकियो एमसीसी सहयोग
काठमाडौं । केही दिन अघि मात्र युएसएडको सबै सहयोग रोकेको अमेरिकाले मिलिनियम च्यालेन्ज कर्पोरेसन अन्र्तगतको सहयोग समेत रोको अर्थ मन्त्रालयले जनाएको छ ।

अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले सहायता तत्काललाई रोक्न फागुन २ गते इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ ।
मिति २०७४ भदौ २९ मा सम्पन्न सम्झौता बमोजिम कार्यान्वयन भइरहेको एमसीसी फण्डबाट भुक्तानी हुने सबै सहयोग तत्काललाई रोकिएको छ । यस कार्यक्रम अन्र्तगत आउने अनुदानबाट विद्युत प्रसारण लाइन र सडक स्तरवृद्धिको कार्य भइरहेको थियो ।
![]() |
![]() |
![]() |
|---|



