सलमानले हलिउडमा सुटिङ गरेको भिडिओ भयो लिक

काठमाडौं– बलिउड अभिनेता सलमान खानले हलिउडमा डेब्यु गर्ने भएका छन् । उनी अर्जेन्टिनी फिल्म ‘सेभेन डग्स’ को रिमेकमार्फत हलिउडमा देखिन लागेका हुन् ।
केही समयदेखि सलमानको हलिउड डेब्यु बारेमा चर्चा चलेको थियो । यसैबीच सुटिङ सेटबाट उनको एउटा भिडिओ लिक भएको छ, जसमा सलमानलाई फिल्मको सेटमा ड्यासिङ अवतारमा देख्न सकिन्छ ।
भारतीय समाचारमाध्यमअनुसार हालै सलमान दुबईमा एक दिनका लागि सुटिङ गरेका थिए, जहाँ मुम्बईको धारावी बस्तीजस्तो विशाल सेट विशेष रूपमा निर्माण गरिएको छ । सलमानको भूमिकाबारे खुलेको छैन। तर उनी यस फिल्ममा विशेष भूमिकामा देखिन लागेको बताइएको छ ।
सलमान खान र सञ्जय दत्त मिल्ने साथी हुन्। दुवैले धेरै थुप्रै चलचित्रमा सँगै काम गरेका छन् । अब यी दुई हलिउड फिल्ममा सँगै देखिने विश्वास गरिएको छ। यो थ्रिलर फिल्ममा सलमान र सञ्जयले केमियो भूमिका निर्वाह गर्नेछन् ।
हाल फिल्मको छायांकन साउदी अरबमा भइरहेको छ । भिडिओ लिक भएपछि यो चलचित्रको चर्चा झनै बढेको छ । यस वर्ष फ्यान सलमान खानको बहुप्रतिक्षित फिल्म सिकंदर पनि रिलिज हुँदै छ । फिल्ममा उनीसँगै अभिनेत्री रश्मिका मन्डाना देखिनेछिन् । यो फिल्म सन् इदको अवसरमा रिलिज हुनेछ ।