Close

Recent Posts

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल
  • ९ फाल्गुन २०८१, शुक्रबार ०७:३०

काठमाडौं । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा लेवनानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । अघिल्लो खेलमा कीर्गिस्थान लाई १–० ले हराएको नेपालले लेबनान विरुद्ध समेत १–० ले विजयी बनेको छ ।


दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा सावित्रा भण्डारी साम्बाले गरेको निर्णायक गोलले लेबनानमाथि १-० गोलको जितसँगै नेपाल फाइनलमा पुगेको हो।


लेवनानलाई पनि हराएपछि लिग चरणको अन्तिम खेल खेल्नुअघि नेपालले फाइनलमा आफ्नो स्थान बनाएको छ । आइतबार म्यानमारसँग लिगको अन्तिम खेल खेलेपछि आगामी बुधबार म्यानमारसँगै फाइनल हुनेछ।
चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप प्रतियोगितामा नेपाल, म्यानमार, लेवनान र कीर्गिस्तान सहभागी भएका छन् । शुरुमा भएको म्यानमार र लेवनानबीचको खेलमा म्यानमारले ३-१ को जीत निकालेको थियो ।


नेपाली टिममा एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी, मनमाया दमाई, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरू लिम्बु, सविता राना मगर, रेनुका हमाल, सुष्मा तामाङ, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल रहेका छन् ।