Close

Recent Posts

ट्रम्पले ठगको संज्ञा दिएजस्तै विदेशी अनुदानको रकम खानेमाथि कारवाही गर्न प्रसाईको माग

ट्रम्पले ठगको संज्ञा दिएजस्तै विदेशी अनुदानको रकम खानेमाथि कारवाही गर्न प्रसाईको माग
  • ९ फाल्गुन २०८१, शुक्रबार ११:२८

काठमाडौं– हालै सार्वजनिक भएको भिडिओमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको वित्तीय संघीयताको २ करोड अमेरिकी डलर तथा नेपालको जैविक संरक्षणको क्षेत्रमा १ करोड ९० लाख डलर दिएको उल्खेख गरेका छन् । नेपालको नाम र नेपालको वित्तिय संघीयतालाई दिइएको रकम उल्लेख गरेर ट्रम्पले भने, ‘दिस इज फ्रड !’

mulpatra

अमेरिका जस्तै अन्य देशले पनि नेपाललाई यस्तै फ्रड दिदै आएका छन् । तर यस्तो फ्रडमा राजनीतिक दलका नेता कार्यकर्ता पाल्ने काम मात्र भइरहेको छ । यसको खोजी गरी त्यो रकम खानेमाथि कारवाही गर्न नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले माग गरेका छन् ।

उनले गरिब देशभन्दै अनुदानका नाममा भिख माग्ने राजनीतिक दलका मन्त्रीदेखि नेताको सम्पति छानबिन गर्नुपर्छ । अनुदानका नाममा आफनो देशको स्वाभिमान बेच्ने राजनीतिक दलका नेता कार्यकर्ताको सम्पति छानबिन गरी कारवाही गर्न प्रसाईले माग पनि गरेका हुन् ।

mulpatra mulpatra mulpatra

सरकारले अनुदान रकम दुरुपयोग गर्नेमाथि कारवाही नगरेर आन्दोलन गर्न समेत प्रसाईले चेतवानी दिए । प्रसाईले आफनो देश गरिब छ भन्दै अनुदान माग्ने प्रधानमन्त्री, मन्त्री र संसदमाथि पनि छानबिन र कारवाही हुनुपर्छ । नत्र हामीले जनतासँग मिलेर यसको खोजी गर्नु नपरोस । यस विषयमा सम्बन्धीत पक्षले तत्काल सम्बोधन गर्नुपर्ने उनको माग छ । ‘आजसम्म विदेशबाट कति अनुदान आएको छ । त्यो के काम र कुन् विकासमा खर्च भएको छ । त्यो सरकारले सार्वजनिक गर्नुपर्छ । नत्र त्यो पैसा खानेलाई जनताले खोज्नुपर्ने दिन आउँछ ।’ उनले भने ।

गरिब देशभन्दै भिख माग्ने प्रधानमन्त्रीदेखि मन्त्रीको जनताले मुल्याकन गर्नुपर्ने उनको भनाइ छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक दस्तावेज सार्वजनिक गर्दै नेपालमा वित्तीय संघीयताका लागि अमेरिकाले २ करोड अमेरिकी डलर दिएको बताएका छन् । यो सहयोगलाई उनले ठगीको संज्ञा दिए ।

अहिले यस विषयमा नेपालमा चर्चा समेत भइरहेको छ । एलन मस्कले नेतृत्व गरेको डिपार्टमेन्ट अफ गभमेन्ट इफिसिएन्सी (डज) को ले तयार गरेको दस्तावेजलाई ट्रम्पले सार्वजनिक गरेका हुन् ।

Image Source: © https://mulpatra.com

दस्तावेजमा विभिन्न देशहरुलाई अमेरिकाले विभिन्न शीर्षकमा गरेको सहयोगको विवरण उल्लेख छ । नेपाललाई दुईवटा शीर्षकमा गरिएको सहयोगलाई ट्रम्पले ठगीको संज्ञा दिएका हुन् ।