Close

Recent Posts

पाथीभरामा केबुलकार निर्माणका नाममा दाजु –भाइ भिडाउने खोजिदैँ

पाथीभरामा केबुलकार निर्माणका नाममा दाजु –भाइ भिडाउने खोजिदैँ
  • ११ फाल्गुन २०८१, आईतवार १५:३५

काठमाडौं– ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माणको विषयलाई लिएर संसदमा सांसदहरूले सरकारको ध्यानाकर्षण गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार ब्यापारिक स्वार्थका लागि मुकुम्लुङमा भाइ–भाइ जुधाउने काम भइरहेको छ । यस्तो कार्य नगर्न सरकारलाई उनको आग्रह छ ।

mulpatra

‘आज भाइ–भाइ लडाउने काम भइराखेको छ एउटा व्यापारिक स्वार्थका लागि ?’ आकस्मिक समयमा बोल्दै अध्यक्ष लिङ्देनले प्रश्न गरे । यो विषयमा राजनीतिक दलहरू, नागरिक समाज र मानव अधिकार आयोगको समेत ध्यान पुग्न नसकेको उनले बताए । ‘आज पूर्व पाथीभरा क्षेत्र अशान्त भइराखेको छ । एक प्रकारले भन्ने हो भने रणमैदानमा परिणत भइराखेको छ’ उनले भने ।
‘प्रधानमन्त्रीले, गृहमन्त्रीले त्यो भिडियो हेर्नुभएको छ कि छैन ? समाचार सुन्नुभएको छ कि छैन ?’ उनले प्रश्न गरे, ‘राजनीतिक दलहरूले पनि त्यो विषयलाई किन अन्देखा गरेको ?, मानव अधिकार आयोग र नागरिक समाज किन अन्देखा गरेर बसिराखेको छ ?’

वार्तामार्फत समस्या समाधान गर्नका लागि उनले सरकारलाई आग्रह गरे । ‘किन मन्त्रिस्तरको वार्ताका लागि पनि सरकार तयार छैन ? किन भाइ–भाइ लडाइराखेको छ ?’ उनले सरकारलाई प्रश्न गरे, ‘मान्छे मरेपछि मात्रै वार्ता गर्ने हो ? अरु कुरा गर्ने हो ?’

mulpatra mulpatra mulpatra

सरकारले लामो समयदेखि नै पाथीभरा क्षेत्रमा केबुलकार निर्माणका लागि दिने योजना बनाएको उनले बताए । ‘सरकार जसले लामो समयदेखि योजनावद्ध ढंगले त्यो पाथीभरा क्षेत्रलाई ब्यापारीको हातमा दिनका लागि योजनावद्ध ढंगले काम गरिरहेको छ भन्ने कुरा अन्देखा छैन, मानिसले थाहा नपाएको कुरा होइन’ उनले भने ।

‘किन मन्त्रिस्तरको वार्ताका लागि पनि सरकार तयार छैन ? किन भाइ–भाइ लडाइराखेको छ ?’ उनले सरकारलाई प्रश्न गरे, ‘मान्छे मरेपछि मात्रै वार्ता गर्ने हो ? अरु कुरा गर्ने हो ?’
अध्यक्ष लिङ्देनले केपी शर्मा ओलीको नेतृत्वमै सरकार भएको बेला कञ्चनजंघा संरक्षणक्षेत्रबाट पाथीभरााई अलग गरिएको र त्यसको लगत्तै निजी क्षेत्रलाई केबुलकार बनाउन दिने निर्णय भएको बताए । यसको विरोध जनताले गरेको तर, सरकारले दमन गर्ने नीति लिएको बताए ।

‘आज जनताले त्यहाँ प्रतिरोध गरिराखेका छन्, विरोध गरिराखेका छन् । तर, त्यहाँ सारा राज्य शक्ति लगाएर, दमन गरेर केबुलकार निर्माण गर्ने कार्य भइराखेको छ’ लिङ्देनले भने ।

Image Source: © https://mulpatra.com

पाथीभरामा केबुलकार निर्माण कार्य रोक्न पनि उनले माग गरे । उनी थप्छन्, ‘त्यहाँ त्यो काम (केबुलकार निर्माण) अविलम्ब रोकियोस्। त्यो कसैको हितमा छैन । त्यो अशान्त वातावरणलाई शान्त बनाउने एउटै उपाय– केवालकार निर्माण स्थगन गर्ने हो।’ यो काम तत्काल गर्न सरकारलाई उनको आग्रह छ। रक्तपात नगर्न उनको आग्रह छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समेत पाथीभरामा केबुलकार निर्माण कार्य रोक्न माग गरेको छ । आकस्मिक समयमा बोल्दै रास्वपाकी सांसद तोसिमा कार्कीले पार्टीकै तर्फबाट यस्तो माग राखेक हुन्।

‘म समग्र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट अनुरोध गर्न चाहन्छु– त्यहाँ भइरहेको निर्माण कार्यलाई तत्कालको लागि स्थगन गरेर सम्पूर्ण सरोकारवाला पक्षहरू, समर्थक पक्ष, आन्दोलित पक्ष, आयोजक पक्ष र नागरिकहरूसँग संवाद गरेर वार्ता मार्फत यो विषयलाई सम्बोधन गरियोस्, समाधान गरियोस्’ सांसद कार्कीले भनिन् ।

बल मार्फत नभएर सरकारले समाधान वार्तामार्फत गर्नुपर्नेमा उनको जोड छ । अगाडि प्रश्न गर्छिन्, ‘जुन ठाउँमा विकासका योजना लगिन्छ त्यो ठाउँका जनताप्रति लाठी प्रहार गरेर, गोली चलाएर जनता मारेर गरिने विकासलाई विकास भन्ने कि विनास भन्ने ?’

यसअघि स्थानीयसँग भएको सहमति समेत कार्यान्वयन नभएको र सहमति कार्यान्वयन नभएपछि सरकारसँग नागरिकको विश्वास डगमगाएको उनले बताइन् ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले पनि केवुलकार निर्माणको विषयलाई लिएर भएको विवादको यथोचित समाधान खोज्नुपर्ने बताएका छन् । केवुलकार बनाउनु उचित हो वा होइन भनेर एउटा बहसको विषय हुन सक्ने तर, ऐनअनुसार पाथीभरामा केवुलकार बनाउन निजी क्षेत्रलाई अनुमति दिइएको पनि भुल्न नहुने उनले सुझाए ।

‘नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले नेपालको ऐन कानुनको व्यवस्था अनुसार नै केवुलकार निर्माणको निम्ति कुनै निजी क्षेत्रलाई अनुमति दिएको हामीले बिर्सनु हुँदैन’ भट्टराईले भने ।

ऐन कानुन अनुसार पाएको अनुमतिको आधारमा निजी क्षेत्रले केवुलकार निर्माणको काम अगाडि बढाएको उनले बताए । त्यसप्रति विरोध गर्ने अधिकार सबैलाई रहेको र विरोध गर्ने अधिकार संवैधानिक रहेको उनले बताए । तर, विरोधको सीमा हुने पनि ख्याल गर्न उनको आग्रह छ ।

‘विरोधका सीमा हुन्छन् सभामुख महोदय । त्यसलाई सभ्य ढंगले, सम्यमित ढंगले र शान्तिपूर्ण ढंगले विरोधका शैलीलाई अगाडि बढाउनुपर्छ भन्ने हामी सबैको मान्यता हो’ उनले भने ।

‘नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले नेपालको ऐन कानुनको व्यवस्था अनुसार नै केबुलकार निर्माणको निम्ति कुनै निजी क्षेत्रलाई अनुमति दिएको हामीले बिर्सनु हुँदैन’– योगेश भट्टराई, एमाले सांसद

तर केबुलकार निर्माण समूह विरोधी समूहबाट भएको मसाल जुलुशको क्रमा ताप्लेजुङ बजार एकदमै अशान्त भएको उनले बताए । ताप्लेजुङ बजारका सर्वसाधारण मानिसका घरमा मसाल जुलुसको आगोहरू फाल्ने काम भएको पनि उनले बताए । सुरक्षाकर्मीमाथि समेत सांघातिक हमला गर्ने काम भएको उनले बताए ।

विकासको विरोधी कोही पनि नरहेको उनले बताए । धर्म र संस्कृतिको विरोधी पनि कोही नरहेको बताए । ‘धर्म र संस्कृतिलाई जब हामी निजी स्वार्थमा जब हामी प्रयोग गर्न थाल्छौं, धर्म र संस्कृतिलाई जब राजनीतिमा प्रवेश गराउन थाल्छौं त्यसले एउटा भयंकर विवादको स्वरुप लिन्छ यो हामीले दुनियामा देखेका छौं’ भट्टराईले भने ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्दै उनले नेपालले् अवलम्बन गरेको संघीयता सहकारिता, समन्वयकारिता र सहअस्तित्वसहितको समेत भएको स्मरण गरे ।