Close

Recent Posts

यूएसएड खारेजीसँगै ४२ सय कर्मचारीलाई बिदा, १६ सय बर्खास्त

यूएसएड खारेजीसँगै ४२ सय कर्मचारीलाई बिदा, १६ सय बर्खास्त
  • १२ फाल्गुन २०८१, सोमबार १३:१५

काठमाडौं– अमेरिकामा ट्रम्प प्रशासनले यूएसआईडीका धेरैजसो कर्मचारीलाई कि बिदा दिएको छ कि बर्खास्त गरेको छ । संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग अर्थात् यूएसएडका का ४ हजार २०० कर्मचारीलाई बिदा दिइएको हो ।

mulpatra

अनि कम्तीमा १ हजार ६०० कर्मचारीलाई बर्खास्त गरिएको बीबीसीले जनाएको छ । यीमध्ये कति कर्मचारीलाई पुनः नियुक्त गरिनेछ भन्ने कुरा अझै स्पष्ट छैन ।

ट्रम्प प्रशासनले सरकारी खर्च घटाउन इलोन मस्क नेतृत्वको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डज) योजनाअन्तर्गत कर्मचारीको संख्या घटाउने प्रयास गरिरहेको छ।

mulpatra mulpatra mulpatra

एक अमेरिकी संघीय न्यायाधीशले ट्रम्प प्रशासनको यो योजनामा ​​रोक लगाएका थिए, तर शुक्रबार यो प्रतिबन्ध स्थायी नहुने बताए । सन् १९६१ मा स्थापना भएको यूएसएआईडीमा कटौती गर्नुअघि झन्डै १० हजार कर्मचारी थिए ।