Close

Recent Posts

यूएसएड खारेजीसँगै ४२ सय कर्मचारीलाई बिदा, १६ सय बर्खास्त

यूएसएड खारेजीसँगै ४२ सय कर्मचारीलाई बिदा, १६ सय बर्खास्त
  • १२ फाल्गुन २०८१, सोमबार १३:१५

काठमाडौं– अमेरिकामा ट्रम्प प्रशासनले यूएसआईडीका धेरैजसो कर्मचारीलाई कि बिदा दिएको छ कि बर्खास्त गरेको छ । संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग अर्थात् यूएसएडका का ४ हजार २०० कर्मचारीलाई बिदा दिइएको हो ।

अनि कम्तीमा १ हजार ६०० कर्मचारीलाई बर्खास्त गरिएको बीबीसीले जनाएको छ । यीमध्ये कति कर्मचारीलाई पुनः नियुक्त गरिनेछ भन्ने कुरा अझै स्पष्ट छैन ।

ट्रम्प प्रशासनले सरकारी खर्च घटाउन इलोन मस्क नेतृत्वको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डज) योजनाअन्तर्गत कर्मचारीको संख्या घटाउने प्रयास गरिरहेको छ।

एक अमेरिकी संघीय न्यायाधीशले ट्रम्प प्रशासनको यो योजनामा ​​रोक लगाएका थिए, तर शुक्रबार यो प्रतिबन्ध स्थायी नहुने बताए । सन् १९६१ मा स्थापना भएको यूएसएआईडीमा कटौती गर्नुअघि झन्डै १० हजार कर्मचारी थिए ।