जापानमा सम्पन्न श्रष्टा सम्मान

जापानमा सम्पन्न श्रष्टा सम्मान
  • १२ फाल्गुन २०८१, सोमबार १६:४२

काठमाडौं– साँस्कृतिक साँझ तथा स्रष्टा सम्मान कार्यक्रम २०८१ जापानमा सम्पन्न भएको छ । मिलन फिल्म्स प्रोडक्शन प्रालि नेपालद्वारा आयोजित श्रष्टा सम्मान २०८१ भव्य रूपमा जापानमा सम्पन्न भएको हो ।

mulpatra

उक्त कार्यक्रमले नेपाली कला, संस्कृति तथा स्रष्टाहरूको सम्मान गर्दै विदेशमा रहेका नेपाली समुदायलाई एकत्रित गर्ने महत्वपूर्ण अवसर प्रदान गर्यो। कार्यक्रममा इन्द्र बहादुर खाती, उद्धव कार्की, महेन्द्रराज बराल, सुमन सेन्चुरी, हिरा काजी सेन्चुरी, विश्वदीप कालिकोटे, सुरेन खड्का, सरन बीके, सुमन श्रेष्ठ लगायतका व्यक्तित्व सम्मानित भएका थिए ।

कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिँदै, आयोजक मिलन फिल्म्स प्रोडक्शन प्रा.लि. नेपाल तथा सहआयोजक प्रियसी म्युजिक प्रालि, नेपालले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमको निरन्तरता रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

mulpatra mulpatra mulpatra

कार्यक्रममा नेपालबाट जापान गएका विशिष्ट व्यक्तित्वहरू, अग्रज स्रष्टाहरू, कलाकारहरू तथा समाजसेवी महानुभावहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।