निर्यात व्यवसायी महासंघ र परराष्ट्र मन्त्रालय बिच निर्यात प्रवर्द्धनसम्बन्धी छलफल
काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपालले परराष्ट मन्त्रालय र मध्य एसिया, पश्चिम एसिया र अफ्रिकामा रहेका नेपाली नियोगका पदाधिकारी र राजदुतहरुसँग अन्तरक्रिया सम्पन्न गरेको छ । कार्यक्रममा परराष्ट मन्त्रालयका सचिव अमृत बहादुर राई, मध्य एसिया, पश्चिम एसिया र अफ्रिका हेर्न महाशाखा प्रमुख रामकाजी खड्का, निर्यात व्यवसायी महासंघका पदाधिकारी र वस्तुगत संघका प्रतिनिधिहरु, अवुधावी, बहराइन, तेलवी, कायरो, कुवतेसिटी,, दोहा, मस्कट, रियाद, प्रेटोरिया साउथ अफ्रिका का राजदुतहरु र मन्त्रालयका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

छलफलमा परराष्ट्र मन्त्रालयका सचिव राईले बोल्ने क्रममा ‘परराष्ट्र मन्त्रालय कृटिनितिक नियोगहरुलाई आर्थिक कुटनीतिमा सक्रिय रुपमा अगाडी बढाउन निरन्तर लागिरहने’ कुरा व्यक्त गरेका छन् । सचिव राईले भने ‘नियोगहरुको सक्रियताले आर्थिक समृद्धिमा सहयोग पुग्ने हुनाले कुन देशमा कुन वस्तु निर्यात गर्न सकिन्छ कुन प्रकारका आर्थिक सम्भावना छ ती कुराहरुलाई ठोस रुपमा सम्बन्धित निकायसम्म पुर्याउन भर्रचुअल छलफल पनि महत्वपूर्ण हुन्छ ।’ आर्थिक विकासमा आर्थिक कुटनीतिको महत्वलाई बुझेर निर्यात व्यवसायी महासंघसँग निरन्तर छलफल गरिरहने र नियोगहरुलाई आर्थिक विकासमा सहयोगी भूमिका खेल्न सधै प्रयोग गर्ने प्रतिवद्धता समेत सचिव राईले व्यक्त गरेका छन् ।

कार्यक्रममा निर्यात व्यवसायि महासंघका तर्फबाट निर्यात जन्य वस्तुहरुको विस्तृत विवरण समेटिएको भिडियो समेत प्रस्तुत गरिएको थियो । महासंघका उपाध्यक्ष गोविन्द घिमिरेले भिडियो प्रस्तुत गर्दै निर्यातजन्य वस्तुहरुको हालको निर्यातको अवस्था र सम्भावनाका विषयमा समेत प्रस्तुती गरेका थिए । प्रस्तुततिमा क्रममा खासगरि मध्य एसिया, पश्चिम एसिया र अफ्रिकाका देशमा निर्यात भइरहेका, हुनसक्ने वस्तुहरु र ति देशमा अन्य सम्भावित बजारको अध्ययनका लागि नियोगको भूमिका महत्वपूर्ण भएकोले आवश्यक सहयोगको अपेक्षा नेपाली व्यवसायीले गरेको कुरा समेत राखेका थिए ।
छलफल कार्यक्रममा विभिन्न नियोगका प्रमुखहरुले कुरा राख्दै नेपाली कच्चा पदार्थबाट निर्मित वस्तुहरु, हस्तकला, जडिबुटी, मसलाजन्य वस्तुहरु र अन्य उत्पादनहरुको माग अत्यधिक भएपनि गैर भन्सार अवरोध, निर्यात गर्ने वस्तुहरुको परिमाणको ज्ञारेन्टी, गुणस्तरीय प्याकेजिङ र बी टु बी मिटिङको महत्वलाई दर्शाएका छन् । त्यसकालागि ती देशमा हुने मेला प्रदर्शनीका लागि आवश्यक सहयोगको प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष शंकर प्रसाद पाण्डेले महासंघले निर्यात व्यापारलाई सहज बनाउन सधैँ तत्पर रहेको जानकारी गराउँदै निकासी अभिवृद्धिका लागि राजदूतहरूले खेल्न सक्ने भूमिकाको बारेमा चर्चा गरेका छन् । आर्थिक कुटनीतिको महत्व दर्शाउँदै पाण्डेले सम्बन्धित देशमा रहेका विशेष र उपयुक्त निर्यातयोग्य वस्तुहरुको लगत तयार गर्न र तिनीहरुको निकासीकालागि आवश्यक सहयोगको अपेक्षा रहेको समेत बताएका छन् ।
